भोलिदेखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि शुरू हुने भएको छ। भृकुटीमण्डपमा हुने मेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

मेलाको सम्पूर्ण तयारी सकिएको महासंघद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल उद्योग, वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रूपमा मेला आयोजना गर्दै आएको छ। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भवानी राणाले नेपाली वस्तुको उत्पादन प्रवद्र्धन, आयात प्रतिस्थापन, निर्यात वृद्धि गर्दै मेला आयोजनाको मुख्य उद्देश्य रहेको जानकारी गराउनुभयो।

मेलालाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा स्थापित बनाउन क्यालेन्डर इभेन्टको रूपमा आयोजना गर्दै आएको बताउनु हुंँदै अध्यक्ष राणाले यस वर्ष मेलाको दौरानमा राष्ट्रिय महŒवको कार्यक्रम नेपाल लगानी सम्मेलन समेत हुने भएकाले मेलाको अझ बढी महŒव बढ्न गएको र सम्मेलनमा सहभागी हुन आउनु हुने विदेशी पाहुनाहरूलाई समेत मेला अवलोकनका लागि प्रयास गरिने जानकारी गराउनुभयो।

मेला चैत १८ गतेसम्म चल्नेछ। मेलामा चीनबाट ९० वटा, भारतबाट १० वटा, बांगलादेशबाट ४० वटा रहेको छ भने बाँकी नेपाली स्टल रहने छन्। कुल २२५ भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ। मेलामा भारत, चीन, बंगलादेश पाकिस्तानलगायतका देशहरूको सहभागिता रहनेछ।

मेलाकै क्रममा चैत १५ गते चीनबाट आएको व्यावसायिक प्रतिनिधिमण्डलसँग महासंघद्वारा काठमाडौंमा बृहत् अन्तत्र्रिmया, व्यावसायिक वार्ता तथा संयुक्त लगानीका लागि सहमतीपत्रमा हस्ताक्षरसमेत गर्ने कार्यक्रम रहेको जानकारी गराइयो। सोही दिनदेखि शुरू हुने लगानी सम्मेलनका क्रममा नेपालमा आएका विदेशी उच्च प्रतिनिधिमण्डलबाट समेत मेलाको अवलोकन गराउने कार्यक्रम छ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू रहने छन्। मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत रहेको छ। मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी, शिक्षा, आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन्।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ। मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी बारे छलफलसमेत हुनेछ। यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब एक लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ।

राष्ट्रिय अन्तर्राष्ट्रियतहमा एउटा विशिष्ठ पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पु¥याउने आशा एवम् विश्वास महासंघले लिएको छ।

पत्रकार सम्मेलनमा महासंघको व्यापार मेला समितिका सदस्यहरू, महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीसहित उच्च अधिकृतहरूको उपस्थिति रहेको थियो। मेलालाई चन्द्रागिरी हिल्स, ग्लोबल आइएमई बैंक, चाइना एक्जिविसन एन्ड फोरम कम्पनी, न्यूटेक्सको सहयोग रहेको छ। मेलाको अफिसियल आइएसपी मर्कन्टायल कम्पनी प्रालि, अफिसियल इन्स्योरेन्स अजोड, अफिसियल कार्गो गणेश एयर कार्गो प्रालि रहेका छन्।