प्रधानमन्त्रीद्वारा जेएन खनालको परिवर्तनका स्वरहरू सार्वजनिक

0
Shares

गीतकार एवं पूर्वप्रधानमन्त्री जेएन ९झलनाथ० खनालको गीति एल्बम परिवर्तनका स्वरहरू भाग २ प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री ओलीले देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तीव्रताले देशमा परिवर्तनको क्रम बढेको चर्चा गर्दै पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसकेका नेता खनालको सिर्जनशीलताको प्रशंसा गरे। ‘व्यस्त दैनिकीबाट समय निकालेर झलनाथजीले यति राम्रो सिर्जना गर्नुभएको छ’, प्रधानमन्त्री ओलीले भने– ‘उहाँको सिर्जनशीलता धेरैका लागि प्रेरणाको स्रोत हुन सक्छ।’