२२ वर्षपछि बुटवलमा घन्कियो कन्दरा

0
Shares

लोकप्रिय सांगीतिक समूह कन्दरा ब्यान्डले २२ वर्षपछि फेरि बुटवलमा आप्mनो कन्सर्ट प्रस्तुत गरेको छ।
विदेशिएर गइन् उनी मलाई छोडेर तर मैले नसम्झेर गाउँदै साँझको मौसमलाई तताउँदै बुटवलस्थित बुटवल मण्डपको नेपाल आइस प्रादेशिक संगीत यात्राको स्टेजमा जब ब्यान्डका गायक विवेक श्रेष्ठ ब्यान्ड मेम्बरका साथ प्रस्तुत भए, संगीतप्रेमीहरू रमाए।

‘यतिका वर्षपछि फेरि आएको छु। बुटवलबासीको साथ पाउने आशामा छु।’ –विवेकले २२ वर्षअघि बुटवलमा कन्सर्ट गर्न आएको सम्झँदै भने र लगाताररूपमा गाउन थाले तिमी पारी त्यो गाउँमा, डाँडापारिको, चञ्चले कान्छीको जोवन, भेडी गोठैमा, चंगकोट कि नानी, कता हिँडेकी कुन ठाउँमा, हङकङको बजार डुली, तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले, लेककी हे माया, हङकङ पोखरा।

विवेकले डेढ घण्टाको कन्सर्टमा आप्mना लोकप्रिय गीतसँगै गायक तथा संगीतकार राम थापालाई समर्पित गर्दै उनको गीत लेकाली हे चोयाको डोको गरी १४ गीत प्रस्तुत गरेर संगीतप्रेमीलाई मोहित तुल्याए। कार्यक्रमको शुरूमा बुटवलकै स्थानीय अमेध ब्यान्ड र नेपाल आइडलमा टप ५ मा पर्न सफल बुटवलकै प्रतिभा अमित बरालले आप्mनो प्रस्तुति दिएका थिए।