संगीतमा बंैसालु डाली

0
Shares

गायिका मीना निरौला र गायक हरिशरण सायमीद्वारा स्वरबद्व गीत बैंसालु ती डाली म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।
कार्यक्रममा गायक तथा संगीतकार सायमीले गीतसंगीतमा गरिएको मेहनतभित्र बैंसालु ती डाली बोलको गीतले सबैको मन जित्नेविश्वास व्यक्त गरे। गायक तथा कलाकार यमनकृष्ण श्रेष्ठले हरिशरणको गायन क्षमताको प्रशंसा गरे भने प्रमुख अतिथि ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले महसञ्चारको पहिलो रोजाइको संगीतकार र एरेन्जर हरिशरण भएको जनाउँदै सिर्जनामा राम्रो दख्खल राख्ने व्यक्तित्व भएको चर्चा गरे।

गीत मनिषा प्रसाईंले लेखेकी हुन् भने हरिशरणले संगीत तथा संगीत संयोजन गरेका छन्। यसको भिडियो सोनाम पाख्रिनले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन्।