कंगनलाई जयललिता बन्न

0
Shares

२४ करोडको अफर
बलिउड क्विन कंगना रनावतको पछिल्लो समय आएको फिल्म मणिकर्णिकाले बक्स अफिसमा राम्रो कारोबार ग¥यो।
यहीबीच उनलाई तामिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको बायोपिक फिल्ममा मुख्य भूमिकामा अभिनय गर्न अफर आएको छ। साथै फिल्ममा उनले २४ करोड रुपियाँ पारिश्रमिकको अफर पाएकी छिन्। भारतीय सञ्चार माध्यमका अनुसार यति ठूलो पारिश्रमिकका साथ अफर आएपछि उनी बलिउडको सबैभन्दा महँगो अभिनेत्री भएकी छिन्।

जयललिताको बायोपिकको निर्देशन एएल विजयले गरिरहेका छन्। दुई भाषामा बन्ने उक्त फिल्ममा जयललिताको जीवन देखाइनेछ। जयललिता सिनेमा जगत्का साथै भारतीय राजनीतिमा एक ठूलो नाम हो। उनी तामिल, तेलगु तथा कन्नड फिल्ममा अभिनयको साथै सन १९९१ देखि २०१६ सम्म तमिलनाडुको सीएम पदमा थिइन्।

कंगनाभन्दा पहिले दीपिका पादुकोण यस लिस्टको पहिलो नम्बरमा थिइन्। खबरअनुसार दीपिकाले फिल्म पद्मावतका लागि ११ करोड पारिश्रमिक लिएकी थिइन्। दीपिकाभन्दा अगाडि प्रियंका चोपडा यो लिस्टको एक नम्बरमा थिइन्।