१३ युवाले निकाले एकैचोटी दुवै प्रहरीमा नाम

70
Shares

काठमाडौं, (नेस)
सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा क्रमशः सशस्त्र प्रहरी निरीक्षक र प्रहरी निरीक्षकका लागि लिइएको लिखित÷मौखिक खुला परीक्षामा १३ जना युवा दुवैतर्फ नाम निकाल्न सफल भएका छन्।

सशस्त्र प्रहरीद्वारा लिइएको लिखित र मौखिक परीक्षा ९अन्तर्वार्ता० मा तेह्रै जना सफल भएका छन् भने नेपाल प्रहरीको लिखित परीक्षामा उत्तीर्ण भएका तिनै १३ जनाले मंगलबारदेखि मौखिक परीक्षा ९अन्तर्वार्ता० दिइरहेका छन्।

यीमध्ये एक÷एक जनाले आदिवासी÷जनजाति र दलितका साथै ११ जनाले खुला प्रतिस्पर्धामा नाम निकालेका हुन्। आदिवासी÷जनजातिबाट दीपेन्द्र श्रेष्ठ र दलितबाट देवीदत्त मोतेले नाम निकाल्नुभएको हो। यसै गरी नाम निकाल्न सफल हुनेमा अनिल सुवेदी, अर्जुन पौडेल, जगन्नाथ मरासिनी, दर्शन खड्का, दीपक कुँवर, नीरबहादुर बानिया, प्रदीप पौडेल, यज्ञराज भट्ट, रवीन्द्र चन्द, सुवास खत्री र हरि बराल हुनुहुन्छ।