वार्षिकोत्सवमानेपाल–थाइल्यान्डदौत्य सम्बन्ध



 

नेपाल र थाइल्यान्डबीच दौत्यसम्बन्ध स्थापना भएको ६०औं वार्षिकोत्सवको उपलक्ष्यमा थाई राजदूतावास र थाई टेम्पल लुम्बिनीको आयोजनामा हेटौंडा सामुदायिक आ“खा अस्पतालमा मोतिविन्दुको निःशुल्क अपरेसन गरिएको छ।

अस्पतालमा ‘न्यु भिजन–न्यु फ्युचर’ मूल नाराका साथ करिब २ सय ५० जना आ“खाका रोगीको निःशुल्क आ“खा अपरेसन गरिएको थियो। मकवानपुरका का“कडा, कोगटे, हटिया, बाराको अमलेखगन्ज, पर्साको मिर्जापुर र सर्लाहीका मोतिविन्दुका बिरामीको निःशुल्क अपरेसन गरिएको हो।

नेपालका लागि थाईल्यान्डका राजदूत भाकवत तान्सकुलले तिलगंगा आ“खा प्रतिष्ठान र थाई राजदूतावासले लामो समयदेखि आ“खा स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएको र यसपटक हेटौंडा रोजेको बताउनुभयो। राजदूत तान्सकुनले थाई सरकार सधैं नेपालमा शान्ति र विकासको पक्षमा रहेको बताउनुभयो।

थाई सरकारले नेपाली नागरिकको जीवनस्तर उकास्नका लागि सीपमूलक कार्यक्रम, अस्पतालको स्तरोन्नतिलगायत क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गरिने बताउनुभयो। समुदायका लागि प्रत्यक्ष प्रभाव पार्ने क्षेत्रमा कार्य गर्ने आगामी दिनको योजनाअनुसार हेटौंडा सामुदायिक आ“खा अस्पतालको व्यवस्थापकीय पक्ष, यसका चुनौतीलगायत विषयमा छलफल गर्न थाई राजदूतावासको विशेषज्ञ टोलीसहित आफूहरू हेटौंडा आएको तिलगंगा आ“खा अस्पतालका वरिष्ठ आ“खा रोग विशेषज्ञ डा. सन्दुक रुइतले जानकारी दिनुभयो।

डा. रुइतका अनुसार निकट भविष्यमा बाराको निजगढ र लुम्बिनीमा समुदायमा आधारित अस्पताल खोलिने योजना छ। कार्यक्रममा थाइल्यान्डको रामा हस्पिटलका डा. सिमारोज पोर्नचाइ, तिलगंगा आ“खा अस्पतालका वरिष्ठ आ“खा रोग विशेषज्ञ तथा म्यागासेसे पुरस्कार विजेता डा. रुइत र समुदायिक आ“खा अस्पताल संरक्षक सिद्धिलाल श्रेष्ठलगायतको सहभागिता थियो।

हेटौंडामा आ“खा अस्पतालले सेवा शुरू गरेपश्चात् मकवानपुरलगायत वरपरका क्षेत्रका बिरामीलाई आ“खा उपचारमा धेरै राहत मिलेको छ। हेटौंडा सामुदायिक आ“खा अस्पताल देशकै नमुना स्वास्थ्य संस्थाका रूपमा परिचित छ।

आधुनिक स्वास्थ्य विज्ञानले आ“खाजस्तो संवेदनशील र महŒवपूर्ण मानव अंगको उपचारलाई सहज बनाउ“दै लगेको छ। आ“खा स्वास्थ्यको संवेदनशीलताअनुसार सरकारले आ“खा स्वास्थ्य सेवामा उल्लेख्य सुधार गर्न नसके पनि समुदायको अग्रसरतामा हेटौंडामा उदाहरणीयरूपमा हेटौंडा सामुदायिक आ“खा अस्पतालले वार्षिक ५० हजारभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ। अस्पताल संरक्षक श्रेष्ठले गत वर्ष ५३ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखिएकोमा ५५ हजार बिरामीलाई सेवा दिइएको बताउनुभयो।

अस्पतालले हेटौंडामा आ“खाको नानी संकलन शुरू गरेको छ। माघ २९ गते हेटौंडा सामुदायिक आ“खा अस्पतालमा आ“खाको नानी संकलन केन्द्र स्थापना गरिएको थियो। हेटौंडामा संकलन हुने नानीलाई १४ दिनसम्म सुरक्षित राख्न सकिने र त्यस अवधिमा प्रत्यारोपण गर्न सकिनेछ। हेटौंडा आ“खा अस्पतालमा आ“खा संकलन केन्द्र स्थापनापछि सर्वसाधारणले आ“खादाताको सूचीमा आफ्नो नाम लेखाउन थालेको अस्पतालका वरिष्ठ अधिकृत सुधीर श्रेष्ठले बताउनुभयो।

सन् १९९५ मा आ“खा प्रत्यारोपण शुरू भएदेखि सन् २०१७ सम्ममा तिलगंगा आ“खा अस्पताल र देशका अन्य आ“खा अस्पतालबाट १० हजार २ सय ४० आ“खाको नानी प्रत्यारोपण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्