महानगरले भत्कायो सार्वजनिक जग्गामा बनेको घर

0
Shares

विजय नेपाली, पोखरा
पोखरा महानगरपालिकाले वडा ५ सार्वजनिक जग्गामा निर्माण गरिएको संरचना भत्काएको छ । महानगरले युवराज खतिवडाले सार्वजनिक जग्गा मिचेर बनाएको संरचनामा डोजर लगाइ भत्काएको हो । महानगरले करिव एक सय २७ घर मध्ये खतिवडाको घरमा मात्र डोजर लगाएको हो ।

महानगरले घर भत्काउँदा स्थानीय भने निकै आक्रोसित देखिए । सार्वजनिक जग्गा नभई व्यक्तिगत रिसिइवीको कारण भत्काएको स्थानियहरुले आरोप लगाएका छन । यस अघि बाटो निर्माणको विषयलाइ लिएर जनप्रतिनिधि र बाटो निर्माण समिती बिच विवाद भएको थियो ।

पोखरा महानगरपालिका वडा नम्बर ५ की वडा सदस्य अन्जु क्षेत्री विकास विरोधि भएको आरोप यस अघि लगाएका थिए । वडा नम्बर ५ धारापानी आसपासका स्थानीय बासिन्दाले उनले विकास निर्माणको काममा वाधा पुराएको भन्दै आरोप लगाएका थिए । सिमाना मार्ग बाँसटाठी बाटो निर्माण समितिले योजना अनुसार सडक निर्माण गर्दा उनले अवरोध गरेको स्थानीयवासीहरु बताउछन । सुरुमा वडाध्यक्ष सहित सबैसँग छलफल गरेर निर्माण सुरु गरेपनि वडा सदस्य केसीले आफ्नो घरमा क्षती पुग्ने भएपछी अवरोध गर्दै बाटो निर्माण कार्यमा तोकिए अनुसारको मापदण्ड छोड्न अटेर गरेको उनिहरुको आरोप थियो ।

स्थानीय भन्छन्– व्यक्तिगत रिसइबीका कारण भत्काइयो

सोहि विषयलाइ लिएर नै खतिवडाको मात्र घर भत्काएको उनिहरु बताउछन । सोमबार वडा ५ का वडा अध्यक्ष धनबहादुर नेपाली सहित महानगरका कर्मचारी र केही प्रहरिको सहायतामा संरचना भत्काउन गएपनी स्थानिय महिलाहरुले डोजरमा नै बसेर अवरोध गरेका थिए । भोटमाग्दा लालपुर्जा दिने आश्वासन दिएका जन प्रतिनिधी आफ्नो रिसिविको कारण भत्काउन आएको स्थानीय कुमार परियारले बताए । त्यस्तै युवराज खतिवडाले अदालतले आदेश दिए स्वयंले नै भत्काउने बताए । ‘हामिलाइ भत्काउन अदालतले दियोस हामी आफै भत्काउछौ’ –उनले भने ।

सर्वाजानिक जग्गामा करिव एक सय २७ घर धुरिरहेका छन । महानगरले खतिवडाको मात्र घर भत्काएर फर्केको थियो । यस्ले पनि प्रश्न उठाउछ कि कतै दुई व्यक्ति बिचको विवादकै कारण त भत्काएको होइन ? खतिवडा बाटो निर्माण समितिका अध्यक्ष समेत हुन । विकास विरोधी जाने जन प्रतिनिधिलाई कालो मोसो लगाउने चेतावनी स्थानीयले दिएका छन । त्यस्तै वडा अध्यक्ष धनबहादुर नेपालीले भने सार्वजनिक जग्गाको संरचनामा घर बनाउन दिनलाइ आफू जन प्रतिनिधि नभएको बताए । लालपुर्जा दिने भनेर चुनावी एजेन्डा बनाएर भोट मागेको होइन ? भनेर प्रश्न गर्दा उनले हासेर केरा फेरे । उनी नेकपा बाट निर्वा्चित भएका हुन ।