तेक्वान्दोका सुजनलाई कास्य



काठमाडौं, (नेस)
नेपालका सुजन गुरुङले हङकङमा सम्पन्न एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा आइतबार कांस्य पदक जितेका छन् । हङकङस्थित कोवलोन स्पोर्ट्स पार्क सेन्टरमा सम्पन्न च्याम्पियनसिपअन्तर्गत फाइटतर्पm गुरुङले कांस्य पदक दिलाएको नेपाली टोलीका व्यवस्थापक कुमार लामा घिसिङले जानकारी दिएका हुन् ।

फाइटको ५८ केजीमुनि तौलसमूहको सेमिफाइनलमा चीनका खेलाडी सिकोम किम्पोसँग ९–४ को स्कोरमा स्तब्ध भएपछि गुरुङले कांस्य पदकमै चित्त बुझाए ।

प्रतिक्रिया दिनुहोस्