मोबाइल एप्मार्फत वित्तीय साक्षरता दिइने

0
Shares

काठमाडौं, (नेस)
एनएमबि बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटबीच वित्तीय साक्षरता कार्यक्र्रमलाई प्रभावकारी ढंगले दु्रत गतिमा विस्तार गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एनबीआईका प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गर्नुृभएको छ ।

सम्झोैताअनुसार एनबीआईले बनाएको वित्तीय साक्षरतासम्बन्धी मोबाइल एप्को संरचना र सुविधाबारे एनएमबि बैंकका कर्मचारीलाई विस्तृत जानकारी गराइनेछ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीलाई एनबीआई मोबाइल एप बारे ज्ञान दिलाई आफ्ना ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागि प्रेरित गर्नेछ ।

साथै बैंकले एनबीआई एप्मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समूह, किसान, रेमिट्यान्समा आश्रित परिवार, शिक्षक तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबीआईले वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रमका लागि बैंकलाई विशेष छुटका साथ आवश्यक सामग्रीको व्यवस्थापन गरिदिनेछ ।