डाट्सन गो नेपाली बजारमा

0
Shares

 

काठमाडौं, (नेस)
नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले नेपाली बजारमा ड्याट्सन गो गाडीको नया“ खरिद मूल्य सार्वजनिक गरेको छ ।

२४ दशमलव ९९ लाख रुपिया“बाट शुरु हुने यस गाडीका विभिन्न ३ मोडेल नेपाली बजारमा उपलब्ध रहेका छन् । यी गाडी थापाथली तथा उत्तरढोकास्थित कम्पनीका आधिकारिक शोरुम तथा नेपाल अधिराज्यभर रहेका विभिन्न १३ स्थानबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

न्या“ ड्याट्सन गो गाडीमा आरामदायी, सुरक्षा तथा स्टाइलिसबाट ड्राइभिङ अनुभवको जीवन्तता प्राप्त गर्न सकिन्छ । कारले नया“ युगको लागि जापानी प्रविधियुक्त इन्जिन, इन्धन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षको सर्वोत्तम प्याकेज प्रदान गरेको छ । नया“ ड्यट्सन गोमा २८ विभिन्न विशेषता तथा सय अपडेट विद्यमान रहका छन् ।

एनड्रोइड अटो प्ले र एप्पल कार प्लेको साथ ७ इन्चको टच अडियो, १४ इन्चको डाइमन्ड–कट अल्लोइ ह्वील, सेफ्टी प्याकेज– डुयल एयर ब्यागका साथै १८० एमएमको ग्राउन्ड क्लियरेन्स, २४५० एमएमको ह्वील वेस, २६५ लिटर लगेज स्पेस ४.६ एम टर्निङ रेडियस नया“ ड्याट्सन गोमा छ । पेट्रल इन्जिन रहेको यसले प्रतिलिटर १९ दशमलव ८३ किलोमिटर प्रदान गर्ने कम्पनीले जनाएको छ ।