नेपाल लाइफको घातक रोग सुविधा योजना

0
Shares

काठमाडौं, (नेस)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लोपटक विभिन्न घातक रोगको जोखिम बहन गर्ने बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना उच्च अधिकारी र एजेन्टहरूको उपस्थितिमा ५० लाखसम्मको जोखिम बहन हुने ‘घातक रोग सुविधा योजना’ नामक बीमा योजना सार्वजनिक गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले भन्नुभयो–‘हामीले आमसर्वसाधारणलाई घातक रोग लाग्दा आइपर्न सक्ने आर्थिक संकटलाई दृष्टिगत गरी यो योजना अघि सारेका हौं । हाल विश्वव्यापी रूपमा बढ्दै गएको घातक रोगहरूको उच्च जोखिमबाट हुने क्षतिलाई न्यूनीकरण गर्न यो योजनाले हाम्रा सेवाग्राहीहरूलाई ठूलो सहयोग पुग्ने विश्वास लिएका छौं ।’

कम्पनीका अनुसार यो पूरक करार (थप सुविधा) लिएपछि बीमा अवधिमा तोकिएका घातक रोग लागेमा बीमाले जोखिम बहन गर्नेछ । साथै साविकको योजना भने बीमा अवधिसम्म चालू रहनेछ । यस पूरक करारले थप जोखिम बहन गर्नेछ । ऐच्छिक सुविधा दिने पूरक करार पहिला कुनै पनि योजनाको जीवन बीमा गरेका बीमित वा नयाँ बीमितले तोकिएका शर्तहरू पूरा गरी यो थप सुविधा लिन सक्नेछन् ।

यस योजनामा क्यान्सर, अन्तिम चरणको मृगौला विफलता, प्राथमिक पल्मुनरी धमनी उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, ओपन चेस्ट सीएबीजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, मष्तिस्कघात, माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अंगहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको विफलता, अन्तिम चरणको फोक्सोसम्बन्धी रोग, अल्जाइमर्स रोग, पार्किन्सन्स रोग, तेस्रो डिग्रीमा पोलेको÷डढेको गरी विभिन्न रोगहरू समावेश गरिएको छ ।

यस योजनामा सहभागी हुन नियमित बीमा शुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीले आफ्ना बीमितहरूलाई ६५ देखि ८२ रुपिया“सम्म प्रतिहजारमा बोनस दिएको छ ।

नेपालको बीमा बजारमा एकतिहाइ बजार हिस्सा ओगटेको यस कम्पनीको चुक्ता पु“जी ४ अर्ब ४० करोड रुपिया“ रहेको छ । साथै सर्वाधिक जीवन बीमा कोष ५९ दशमलव ४९ अर्ब, सर्वाधिक लगानी ६५ दशमलव ९८ अर्ब, १ लाख १६ हजारभन्दा बढी सर्वाधिक प्रशिक्षित अभिकर्ता, १७० शाखाबाट हालसम्म स्वदेश र विदेश गरी २५ लाखभन्दा बढी व्यक्ति कम्पनीमा बीमित भइसकेको कम्पनीको दाबी छ ।