जिल्ला वन कार्यालयका ११ कर्मचारीविरुद्ध मुद्दा दायर

0
Shares

काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय डोल्पाका ११ जना कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले उनीहरुलाई एक करोड अठचालिस लाख उनान्असी हजार छ सय असी रुपैयाँ ठगी गरेको भन्दै विशेष अदालत, काठमाडौँमा सोमबार मुद्दा दायर गरेको हो ।
उनीहरुले स्थानीय जग्गा धनी र जडीबुटीका ठेकेदारहरुसँगको मिलेमतोमा सो रकम ठगी गरेको खुल्न आएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
कोइरालाका अनुसार उनीहरुलाई ठगी गरेको रकमसहित कानुन बमोजिमको सजाय माग गरिएको छ ।