राजधानीमा अवैध घरेलु मदिरासहित १७ जना पक्राउ

0
Shares

काठमाडौँ ।
प्रहरीले अवैध घरेलु मदिरासहित १७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बानेश्वरको वडा एरियामा चेकजाँच गर्ने क्रममा सोमबार पक्राउ गरेको हो ।
उनीहरुबाट प्रहरीले २ हजार लिटर घरेलु मदिरा बरामद गरेको प्रहरीले जनाएको छ ।

साथै महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले मैतिदेवी, बागबजार एरियामा रहेको विभिन्न भट्टी पसलहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा राखिएको १ सय ५० लिटर घरेलु मदिरा सहित २ जनालाई पक्राउ गरेको छ ।
यसबारे थप अनुसन्धान भईरहेको छ ।