विप्लवका कोशी व्युरो ईन्चार्जसहित २ जना पक्राउ

0
Shares

विराटनगर ।
मोरङको कानेपोखरी बयरवन क्षेत्रबाट प्रहरीले नेकपा बिप्लबका कोशी ईन्चार्ज सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कोशी ब्युरो इन्चार्ज घनश्याम श्रेष्ठ सहित अर्का आकाश शर्मालाई पनि प्रहरीले पक्राउ गरेको हो ।

गएराती मोरङको कानेपोखरी क्षेत्रबाट श्रेष्ठलाई पक्राउ गरिएको जनाईएको छ । तर पक्राउ परेका ब्यक्तिको बारेमा प्रहरीले पुष्टी गरेको छैन ।
मोरङका एसपी मनोज केसीले पक्राउ बारेमा आफुलाई जानकारी नभएको बताएका छन् । पक्राउ परेको ब्यक्तिको बारेमा आफुलाई जानकारी नभएको र यदि पक्राउ परेको भएपनि प्रदेश प्रहरी वा केन्द्रीय प्रहरीले पक्राउ गरेको भए आफुलाई जानकारी नहुने सुनाए ।रातीको समयमा प्रहरीले पक्राउ गरेको उनलाई कहाँ लग्यो र कसले पक्राउ ग¥यो भन्ने अन्यौल नै छ ।

यस बारेमा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक डिआईजी केदार रिजालले आफुलाई कुनै जानकारी नभएको बताए । विश्वस्त सुरक्षा श्रोतका अनुसार मोरङको कानेपोखरी क्षेत्रबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रेष्ठ सहित अर्का नेता आकाश शर्मा पनि प्रहरी नियन्त्रणमा छन् । पक्राउ परेका श्रेष्ठ पार्टीको कोशी ब्युरो अन्तर्गत पर्ने जिल्लाहरु सुनसरी ,भोजपुर ,मोरङ र धनकुटा हुन् ।

डेटोनेटरसहित एक नेपाली पक्राउ
भारतबाट नेपाल भित्राउन लागेको बारुदजन्य विस्फोटक पदार्थसहित एक नेपाली युवक काकँडभिट्टा नाकामा पक्राउ परेका छन् । म्यादीको मालिका गाउँपालिका निवासी अन्दाजी २८ बर्षीय चिरन रोक्कालाई भारतीय एसएसबीले पश्चिम बंगालको पानीट्ंयाकी नाकाबाट गएराति पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ बारुदजन्य विस्फोटक पदार्थ ल्याउन लागेको अवस्थामा रोक्कालाई विशेष सूचनाको आधारमा एसएसबी टोलीले पक्राउ गरेको हो । एसएसबीले रोक्काको साथबाट नियोगेल ९० र ३५५ नम्बर इलेक्ट्रोनिक्स डेटोनेटर बरामद गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

घटना विवरण अनुसार विगत सात बर्षदेखि आसाम सिलङ्गको कोइला खानीमा काम गर्दै आइरहेका रोक्का गत चैत ५ गते नेपालबाट भारत गएका थिए । रोक्काले सो विस्फोटक पदार्थ म्यादीकै आरके विश्वकर्मालाई दिन लगेको एसएसबीको अनुसंन्धानबाट खुलेको छ ।

विस्फोटक पदार्थसहित पक्राउ परेका रोक्कालाई आवश्यक कारवाहीका लागि एसएसबीले भारतस्थित खोडीबारी पुलिस थानालाई जिम्मा लगाएको भारतीय प्रहरीले जनाएको छ ।