अर्जुन बोहरा, हुम्ला ।
सरकारले हरेक वर्ष लिईदै आएको एसइइ परीक्षामा वे्रललिपिद्धारा अध्ययन गरेका विद्यार्थीहरुलाई स्वस्र्फुत परीक्षा दिन समस्या भएको छ । प्राथामिक तह देखि माध्यमिक तह सम्म अधिकाँस दृष्टिबिहिन व्रेललिपी बाटै अध्यायन गरेका विद्यार्थीहरु लाई सरकारले लिँदै आएको एसइई परिक्षामा व्रेललिपी र कम्प्युटर बाट परिक्षा दिने व्यबस्था नहुँदा सहयोगीको भरमा परिक्षा दिनु परेको छ ।
हुम्लाको मानसरवर माविमा रहेको परिक्षा केन्द्रमा २ जान ब्रेललीपी बाटै अध्यायन गरेका परिक्षार्थीले परिक्षा दिईरहेको परिक्षा केन्द्र अध्यक्ष अमबहादुर शाहीले बताए । लामो समय देखि ब्रेललिपी माध्यम बाटै अध्यान गराउँदै आएको हिमाली शिक्षा र विकास(हेड नेपाल) नामक संस्थाका कार्यकारी निर्देशक छिटुप लामाले अहिले सम्म ८ जनाले परिक्षा दिएको तर अर्काको भरमा परिक्षामा पास हुनु परेको बताए ।
आफैले संचालन गरेको ब्रेल लिपी बाट अध्यायन गरेको विद्यार्थीहरुले परिक्षा दिँदा परिक्षा दिने अर्का सहयोगी राख्दा आफुले अध्यायन गरेको जस्ता महशुस नभएको र राम्रो अंक समेत ल्याउन नसकिएको विद्यार्थीले गुनासो गरेको बताए । हरेक बर्ष हेड नेपाल नामक संस्थाले दृष्टिविहीन र सुस्तमनिस्थिती बालवालिका लाई एसइई परिक्षा दिँदै आएकोले अहिले सम्म ब्रेल लिपी र कम्युटर बाट परिक्षा दिने सरकारले व्यबस्था नगरेकोे निदेर्शक लामाले बताउनु भयो ।
शारिरीक रुपले अपाङ्ग भईकन पनि शिक्षा लिन र शिक्षित बन्न कुनै पनि व्यक्ती नछुटोस भन्ने उद्देश्यले अपाङ्ग सामाहित शिक्षाको सुरुवात भएको हेड नेपालका कार्यक्रम परियोजना अधिकृत निर्मल बिष्टले बताउनु भयो । हुम्लामा तिन दर्जन विद्यार्थीहरु बाट अध्यापन गराउन सुरु गरिएको समाहित शिक्षा अन्र्तगत दृष्टिबिहिन बाहेक सुस्त श्रवण र बौद्धिक अपाङ्गता भएका बिधार्थीले अध्यायन गर्दे आएको बताए ।
कर्णाली प्रदेशमै कम परिक्षा दिने विद्यार्थीको संख्याको तथ्याँक सार्वजनिक भईरहेको वेला हुम्ला जिल्लामा भने जिल्लाकै गत बर्ष भन्दा यस बर्षमा परिक्षा दिनको संख्या बढेको जिल्ला शिक्षा समन्वय इकाई समितिका प्रमुख बर्ख फडेराले बताए । हुम्लामा ६ वटा परीक्षा केन्द्रबाट ९ सय ८८ जना परीक्षार्थिमा ९ सय ५३ जान परीक्षार्थीले परीक्षा दिएका छन । जसमा २ जना दृष्टिविहीन विद्यार्थी पनि परिक्षामा सहभागि भएका छन् ।
सदरमुकाम सिमकोटमै रहेको बालमन्दिर माविमा अध्यायन गरेर्का रिता बुमी र प्यारीलाल ऐडीले मानसरोवर माविमा रहेको परीक्षा केन्द्रबाटे परिक्षा दिएका छन । ब्रेल लिपि माध्यमबाट अध्ययन गरेको एसइई दिने परिक्षामा सामान्य विद्यार्थी संग बसेर परिक्षा दिन धेरै समस्या भएको दृष्टिविहीन रिता बुमीले बताइन् ।
बे्रललीपी र कम्युटर को माध्यम बाट परिक्षा दिने व्यबस्था सरकारले नगरेकै कारणले परिक्षा दिने विद्यार्थी अर्काको भरमा पास हुनु परेको बताए । सरकारले अहिले सम्म ब्रेल लिपी बाट अध्यायन गरेको विद्यार्थीहरुलाई परिक्षा ब्रेल लिपी र कम्प्युटरको माध्यम बाट संचालन नहुँदा समस्या भोग्नु परेको छ । यो समस्या हुम्लामा नभई नेपाल भरि यसको ब्यबस्था नहुँदा बे्रल लिपी बाटै अध्यायनका विद्यार्थी लाई समस्या परेको हो ।











प्रतिक्रिया