मंसिरभित्रै माथिल्लो तामाकोशीबाट ७६ मेगावाट बिजुली निस्कने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आगामी मंसिरमै विद्युत् उत्पादन गर्ने लक्ष्य लक्ष्य लिइएको छ । ४५६ मेगावाट क्षमताको उक्त आयोजनाबाट २०७६ मंसिर १५ गतेभित्र एक युनिट (७६ मेगावाट) बाट विद्युत् उत्पादनको लक्ष्य लिइएको हो ।

निर्धारित मितिमै आयोजना सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक बस्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिस“ग बैठक गरी समस्यामाथि छलफल गरी आयोजनास्थलमै समाधान गरिने भएको छ ।

आयोजना आर्थिक वर्ष २०७३÷७४ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि भूकम्प र नाकाबन्दीका कारण निर्माण प्रभावित भएको थियो । अघिल्लो लक्ष्य पूरा नभएपछि चालू आव २०७५÷७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नया“ एकीकृत समय तालिकाका तय गरिएको थियो । तर, आयोजनाको लट २ को ठेक्का लिएको भारतीय कम्पनी टेक्सम्याकोकोले काममा ढिलासुस्ती गरेपछि आयोजना प्रभावित भएको थियो । पछिल्लोपटक लट २ को काम टेक्सम्याकोकालाई हटाएर आयोजनाको इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई नै दिइएको छ । नया“ ठेक्का लगाएपछि २०७६ मंसिर १५ गतेभित्र एक युनिट (७६ मेगावाट) बाट विद्युत् उत्पादनको लक्ष्यसहितको नया“ समयतालिका तय गरी काम भइरहेको छ ।

निर्धारित मितिमै आयोजना सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक बस्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिस“ग बैठक गरी समस्यामाथि छलफल गरी आयोजनास्थलमै समाधान गरिने भएको छ ।

ऊर्जा जलस्रोत तथा सि“चाइमन्त्री वर्षमान पुनले शनिबार आयोजनाकोे आकस्मिक निरीक्षण गर्दै कार्यतालिका अनुसार काम सक्न र देखिएका समस्या तथा चुनौती समाधानका निम्ति पहल गर्न निर्देशन दिनुभएको थियो । भूकप्प र बाढीपहिरोले पु¥याएको क्षति तथा मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताउनुभयो ।

आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवम् चुनौतिपूर्ण मानिएको छ । हाल पेनस्टक पाइप आयोजनास्थलमा ल्याइसकिएको छ भने जडानको समग्र प्रगति ३० प्रतिशत छ । भूमिगत विद्युत गृहमा टर्वाइन, जेनेरेटरलगायतका उपकरण जडान सकिएको छ । बा“धस्थलमा कंक्रिट र मुख्य सुरुङको कंक्रिट लाइनिङको कामको प्रगति क्रमश ः ९९ दशमलव ६ र ५३ दशमलव ५ प्रतिशत छ ।

त्यस्तै प्रसारणलाइन तथा सबस्टेसन निर्माणको प्रगति ८५ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । शुरुमा आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपिया“ थियो । निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैक कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब ८६ करोड थियो । अहिले आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख रुपिया“ (निर्माण अवधिको ब्याज बाहेक) पुग्ने संशोधित अनुमान छ । निर्माण अवधिको ब्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपिया“ पुग्ने संशोधित अनुमान छ । आयोजनामा हालसम्म ४४ अर्ब ७ करोड रुपिया“ खर्च भइसकेको जनाइएको छ ।

नेपाली मुद्राको अवमूल्यन र मूल्य अभिवृद्धिका कारण आयोजनलाई क्रमश ः ७ र ५ अर्ब रुपिया“ थप वित्तीय दायित्व सिर्जना भएको कम्पनीले जनाएको छ । भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बा“धस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, निर्माण अवधि बढ्दा ठेक्का मूल्य समायोजन, विदशी विनिमय दरमा भएको नोक्सानी, प्रशासनिक खर्चको वृद्धिलगायतले गर्दा आयोजनाको लागत बढेको हो ।

आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बीमा संस्थानले २÷२ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपिय“ नेपाल सरकारले ऋण लगानी गरेका छन् । उनीहरुले प्रवाह गरेको ऋणको ब्याजदर ११ प्रतिशतभन्दा बढी छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सरकारी निकायले निजी क्षेत्रका बैक तथा वित्तीय संस्थाले भन्दा महं“गोमा ऋण प्रवाह गरेको बताउनुभयो । ‘हरेक तीन—तीन महिनामा कम्पाउन्डिङ ब्याजदर तय हुन्छ, यसले गर्दा आयोजना मह“ंगो बनिरहेको छ,’ उहा“ले भन्नुभयोे ।

कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा सर्वसाधारणको १५, दोलखाबासीको १०, सञ्चय कोषका सञ्चयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत शेयर छ ।