अटोलाई मोटरसाइकलको ठक्कर, एकको मृत्यु, तीन घाइते

0
Shares

भद्रपुर ।
अटोलाई मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका २ का २४ बर्षीय मोटरसाइकल चालक सौरभ घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचीनगर १२ खरेडाँगीस्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको मे १ ह ५३१० नम्बरको अटो टेम्पोले बाटो काट्न खोज्दा सोही दिशाबाट आउदै गरेको बा ८१ प ८०५ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जनाए ।

दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक घिमिरेलाई अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको डिएसपी श्रेष्ठको भनाइ छ ।

दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार बिर्तामोड ८ का २७ बर्षीया सीता भट्टराई र टेम्पो चालक मेचीनगर १२ का ५५ बर्षीय राज फागो र टेम्पोमा सवार बुद्धशान्ति ३ का ७१ बर्षीय कुलबहादुर चेम्जोङ् घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको उपचार भइरहेको छ भने मोटरसाइकल र टेम्पोलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।