गुल्मी उवा संघको अध्यक्षमा भलामी

0
Shares

गुल्मी ।
गुल्मी उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यानल नै बिजयी भएको छ । प्रजातान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष श्रीप्रसाद भलामी सहित प्यानल बिजयी बनेका छन ।

नेपाली कांग्रेस निकट व्यवसायी लोकतान्त्रिक प्यान र नेकपा निकट व्यावसायीले साझा प्यान बनाएर चुनावी मैदानमा उत्रिएका थिए । लोकतान्त्रिक प्यानलका उपाध्यक्षहरुमा इश्वरी पौडेल, रामप्रसाद पन्थी, मृगेन्द्र श्रेष्ठ बिजयी भएका छन् ।

महासचिवमा ताराप्रसाद भुसाल, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा इश्वरी बेलवासे र सहकोषाध्यक्षमा मनिराम अर्याल सहित अरु १० जना सदस्य बिजयी भएको निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले जानकारी दिए । भलामीले साझा प्यानलका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयलाई १ सय ३७ मत अन्तरले पराजित भएका हुन् । अध्यक्षमा निर्वाचित भलामीले ३ सय ४ र पाण्डेले १ सय ६७ मत प्राप्त गरेका थिए । नयाँ नेतृत्वको लागि शनिवार निर्वाचन भएको हो । निर्वाचनमा ९१.१९ प्रतिशत मत खसेको थियो । कुल पाँच सय ६८ मतदाता रहेकोमा पाँच सय १८ मत खसेको थियो ।

साझा प्यानलको तर्फबाट उपाध्यक्षहरु रेमलाल पाण्डेय, दुर्गाचन्द्र बोहरा र बिरेन्द्र भुसालले उमेद्धवारी दिएका थिए । महासचिवमा रामप्रसाद पन्थी, सचिवमा फर्सुराम पाण्डेय, कोषाध्यक्षमा रामु सुनार र सह–कोषाध्यक्षमा खड्गप्रसाद श्रेष्ठ सहित १० सदस्य उमेदवार थिए ।

बिसं. २०४० सालमा स्थानपना गरिएको बाणिज्य संघ गुल्मीमा बिभिन्न व्यवसाय गर्दै आएका ५ सय वढि सदस्यहरु संघमा आबद्ध रहेको छन् । जिल्लाको सदरमुकाम तम्घासमा कार्यलयको संघ ५ वटा उपशाखा आबद्ध रहेका छन् ।

नयाँ नेतृत्वलाई पाण्डेयको शुभकामना
निर्वाचनमा पराजित साझा प्यानलका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले भलामी नेतृत्वलाई व्यावसायीको हितमा काम गर्न शुभकामना व्यक्त गरे । उनले लोकतान्त्रिक पद्धति आफुहरुलाई स्विकार्य भएकाले सवैलाई शुभकामना तथा बधाई दिदै नेतृत्व आगामी दिनहरुमा जिल्लाका विकास र समृद्धिको पक्षमा अझ रचनात्मक तरिकाले अगाडी बढ्नुपर्नेमा पाण्डेयले जोड दिए । उनले अहिलेसम्मको सहमति र सहकार्यलाई अहिलेको नेतृत्वले सुनियोजित निर्वाचनसम्म पुराएकोमा दुख व्यक्त गरे । साथै आफु र आफ्नो प्यानलका उमेद्वारलाई मतदान गर्ने व्यावसायीलाई धन्यवाद व्यक्त गर्दै सधै आफु व्यावसायीकै पक्षमा रहेर काम गर्ने पाण्डेले बताए ।

कसले तोड्यो  इतिहासको सहमती ?
राजनितिक खिचातानीका कारण नेतृत्व चयन गर्न नसकेर गएको पुसमा सरेको गुल्मीको उद्योग बाणिज्य संघ गुल्मीको चैत्र ९ गते निर्वाचन भएको हो । गएको पुस २७ र २८ गते सम्पन्न २७ औं जिल्ला अधिवेशनले नेपाली कांग्रेसबाट नेतृत्वमा कस्लाई लैजाने बिवाद भएपछि देखिएपछि सरेको थियो ।

व्यापारिहरुको छाता संगठनको रुपमा रहेको उद्योग बाणिज्य संघ गुल्मीको नेतृत्व चयन गर्ने क्रममा भने राजनिति छताछुल्ल भएको छ । नेतृत्वमा कस्का वढि व्यवसायीहरु नेतृत्व तहमा पुग्ने भनेर दल निकट व्यवसायीहरु होटबाजीले राजनिति हावी भएको हो । अरु समयमा राजनितिक रंग नदेखिए पनि अधिबेशनको बेला भने राजनितिक दलहरुको चासो पनि वढ्ने गरेको थियो ।

वाणिज्य संघ गुल्मीमा खास गरि नेकपा र नेपाली कांग्रेस निकट व्यवसायीहरुको बर्चस्व रहेको थियो । बाणिज्य संघ गुल्मीको इतिहासमै यो प्यानलै बनाएर उम्मेदवार बनाएको पहिलो हो । यस अघिका अधिबेशनमा भने दुबै पार्टीबाट सहमति गरेर नेतृत्व चयन गर्ने गर्दर्थे । तर यस पटक भने सहमतिको प्रयास असफल भएको छ ।

यसपटक नेतृत्वमा कम्युनिष्ट कांग्रेस प्यानल बनेरनिर्वाचन भएको थियो । गएको अधिबेशनमा अध्यक्ष बाहेक अरु पदमा निर्वाचन भएपनि पार्टि गत भएको थिएन । कम्युनिष्टब पार्टीमा आबद्ध उम्मेदवार रहेका पाण्डेयले अघिल्लो सहमती अनुसार अध्यक्षमा छोडन् तयार भएपनि अरु पदमा पनि कुनै पनि ठाउँ नदिएपछि बाध्य बनाएर निर्वाचनमा जाने गराएको बताए । उनले कुल २३ पद मध्ये ८ वटा पद दिने सहमती गरेर अधिबेशन सारेपनि पछि दिदैनौ भनेर महमती तोडेको बताए ।

सहमती गर्न भन्दा पनि हामीलाई मिसाएर लादैनऔं भन्नु भयो बाध्य बनाएर निर्वाचन गराइएको बताए । कांग्रेस पार्टीमा आस्था राख्ने उम्मेदवार भलामीले गुल्मी सानो ठाउँ रहेको र समान्तर संस्था नखोल्ने सहमती भएपनि अर्को संस्था जन्मीएकाले त्यसलाई रोक्नको निम्ति कुनै पहल नगरेकाले प्यानलै चुनावी मौदानमा आएको बताए थिए ।

गुल्मी जिल्ला सानो जिल्ला भएकाले समान्तर संस्था नखोल्ने सहमती गरेपनि समान्तर संस्था जन्मीएकाले त्यसलाई रोक्न अर्को पक्षबाट कुनैपनि पहल नगरेको आरोप लगाएका थिए । गुल्मीमा केहि समय पहिला गुल्मी चेम्बर अफ कमर्श संस्था दर्ता भएको छ । उक्त संस्थासँग गुल्मी उद्योग बाणिज्य संघमा आबद्ध कुनै पनि सदस्यहरु आबद्ध छैनन् ।

सो संस्थाले गुल्मीमा चैत २० गतेबाट ३० गतेसम्म महोत्सव गर्दैछ । तर त्यो महोत्सवमा नेकपालेरोक्न नखोजेकाले पनि चुनावी मैदानमा जान बाध्य बनाइएको नकपा समर्थित व्यवसायीको तर्क रहेको छ । तर नेकपा समर्थित व्यवसायीहरुले गुल्मी चेम्बर अफ कमर्श र महोत्सवसँग जोडेर निर्वाचन र पहिलेदेखिको सहमती सहकार्यतालई तोड्नु दुखद पक्ष रहेको बताएका छन् ।