विपन्न समुदायका घर शिलान्यास

0
Shares

लहान ।
तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत अति विपन्न समुदायका लागि लहान नपा–५ वालुवा टोलमा सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले घर निर्माणको शिलान्यास गर्नुभएको छ ।

दश घरपरिवारका लागि दुईकोठे घर, एक भान्साकोठा र एक शौचालयसमेत निर्माण गरिने उक्त घरहरुको उहाँले शिलान्यास गर्नुभएको हो । घर निर्माणको लागत रु ९० लाख रहेको छ ।
मन्त्री पण्डितले तराई मधेश समृद्धि कार्यक्रममा स्थानीय तह, प्रदेशका साथै केन्द्र सरकार सबै मिलेर इमान्दारीपूर्वक काम गर्ने जिम्मेवारी आएको उहाँले बताउनुभयो । लहानका विभिन्न वडाका विपन्न गरीब परिवारलाई अझै विकासका लागि रकम छुट्याउने विषयमा लहान नगरप्रमुख मुनी साहले ध्यान आकर्षण गराउनुभयो । कार्यक्रममा सिरहा क्षेत्र नं ५ को सांसद लीलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्य लगनलाल चौधरी, अशोक यादव, उपप्रमुख सरियार चौधरीलगायत स्थानीयवासीको उपस्थिती थियो ।
रासस