बालुवाको पहिरोमा परी एक महिलाको मृत्यु, चार घाइते

0
Shares

ललित सिंह, बझाङ्ग ।
बझाङ केदारस्युँ गाउँपालिकाको वडा नं ४ खिल्लेख दोबाटो सुदाडामा बालुवा खन्दा माथिबाट आएको बालुवाको पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ भने चार महिला घाक्षर््ते भएकी छन् ।

सिचाईँ नहरको लागि बालुवा निकाल्दै गर्दा आईतबार दिउसो करिब २ बजेतिर बालुवाको पहिरो गएर घटना घटेको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका वडा नं ४ की ३५ वर्षीया मनादेवि भट्टको घटनास्थलमै ज्यान गएको केदारस्युँ गाउँपालिका ४ का वडाअध्यक्ष भक्त प्रसाद भट्टले जानकारी दिनुभएको छ । अन्य ४ जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाँउकी निर्मला भट्ट, जानकी भट्ट, कलादेवी भट्ट र हंसा भट्ट रहेकी छन् ।

घाइतेमध्ये कलादेवी र हंसाको अवस्था सामान्य छ भने निर्मला र जानकीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ । घाईते महिलार्को उपचार लागि देउरा स्वास्थ्यचौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।