एसईई दिने बहिरा बिद्यार्थीलाई राष्ट्रियसभा अध्यक्षले दिए शुभकामना

0
Shares

नेपाल समाचारपत्र, पर्वत
नेपालकै अग्रणी बहिरा बिद्यालय धौलागिरी बहिरा आवासिय बिद्यालयबाट आइतबार देखि शुरु बर्षको एसईई परिक्षामा सहभागी हुने बिद्यार्थीलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले बिद्यालयमा नै पुगेर सफलताको शुभकामना दिनु भएको छ ।

अध्यक्ष तिमिल्सिना बागलुङ्ग नगरपालिका वडा नं १ बाङ्गेचौर स्थित बहिरा आवासिय बिद्यालयमा नै पुगेर बिद्यार्थीहरुलाई एसईई परिक्षाको सफलताको शुभकामना दिनुभएको हो ।

बिद्यालयमा नेपालभरबाट बहिरा बिद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन । यस बर्ष सो बिद्यालयबाट २६ जना बिद्यार्थी एसईईमा सहभागी हुँदैछन । उनीहरुलाई अध्यक्ष तिमिल्सीनाले टिका लगाएर शुभकामना दिनुभयो । उक्त अबसरमा अध्यक्ष तिमिल्सिनाले एसईई परिक्षामा उच्च सफलताको शुभाकामना दिदै उज्ज्वल भविश्यको कामना पनि गर्नुभयो ।

उहाँले बहिरा बिद्यार्थीका लागि स्नातकोत्तर तह सम्म अध्ययन गर्ने गरि बिद्यालयलाई स्तरउन्नती गर्नका लागि आफुँले पहल गर्ने आश्वासन पनि दिनुभयो । अहिले पनि बिद्यालयले इन्जिनियरिङ्ग सहित उच्च माध्यामिक तह सम्म अध्यापन गराउँदै आएको छ । बिद्यालयमा २ सय ५० भन्दा बढी बहिरा बिद्यार्थीहरुले आवासिय सुबिधा सहित अध्ययन गर्दै आइरहेका छन ।

उक्त अबसरमा नेपाल बहिरा संघका अध्यक्ष केपी अधिकारीले बिद्यालयको अबस्थाका बारेमा अध्यक्ष तिमिल्सीनालाई जानकारी गराउनुभएको थियो ।

पर्वतमा १८ बिद्यार्थी एसईइबाट बञ्चित
पर्वतमा यस बर्षको एसईइ परिक्षामा १८ जना बिद्यार्थी परिक्षा दिन बञ्चित भएका छन् । जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख उद्धिमराज पौडेलले नियमित विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट बञ्चित हुनुपरेको बताउनुभयो । परिक्षाबाट बञ्चित हुनेमा छात्र १० र छात्रा ८ जना रहेका छन् ।

जिल्लामा यसवर्षको परिक्षामा पर्वतमा १९ वटा केन्द्र तोकिएको छ । पर्वतमा २ हजार ८ सय ७५ बिद्यार्थी परिक्षाम सहभागी भएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छात्रको संख्या १ हजार ४ सय ८ र छात्राको संख्या १ हजार ४ सय ६७ रहेको छ ।

१९ केन्द्रमा १९ जना केन्द्राध्यक्ष, २० सहायक केन्द्राध्यक्ष, १४४ निरीक्षक, २८ जना सहायक कर्मचारी, ५८ जना सहयोगी र एउटा केन्द्र्रमा अधिकतम १५ जना प्रहरी खटिएका छन । होम सेण्टर कुनै पनि बिद्यालयमा छैन ।
समाप्त चैत्र १०