कटुवा पेस्तोलसहित एक जना पक्राउ

0
Shares

कपिलवस्तु ।
प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिबराज नगरपालिका(४ चनई बस्ने २५ वर्षीय रिजवान अलि मिया रहेको छन् ।

उनलाई नल कटुवा पेस्तोल १ थान र खाली म्याग्जिन १ थान सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा हातहतियार लुकाई छिपाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।