प्रम ओली भन्छन्– नेपाल तीव्र परिवर्तनमा

0
Shares

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको बताउनुभएको छ ।
गीतकार एवं पूर्व प्रधानमन्त्री जे.एन.खनालको गीती एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले देशमा संघीय गणतन्त्र आउनु,संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तिव्रताले देशमा परिवर्तनको क्रम बढेको बताउनुभएको छ । “हाम्रो देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “विकास र समृद्धिको अभियान सञ्चालन भएसंगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ ।”

प्रधानमन्त्री ओलीले सरकारले अमुर्त समृद्धि र औषत सुखमा विस्वास नगर्ने बताउनुभएको छ । “हामी औषतमा प्रतिव्यक्ति आय बढ्यो, औषतमा साक्षरता बढ्यो भन्ने कुरामा विस्वास गर्दैनौ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हरेक व्यक्तिले महसुष गर्ने गरीको समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं । सरकार सामाजिक न्याय सहितको समानताको पक्षमा छ ।”

प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसक्नु भएका नेता खनालको सृजनसिलताको प्रशंसा गर्नुभएको छ । “व्यस्त दैनिकीबाट समय निकालेर झलनाथ जीले यती राम्रो सृजना गर्नुभएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ वहाँको सृजनशिलता धेरैजनाको लागि यो प्रेरणाको स्रोत हुनसक्छ । ”