मुलुककैै लामो झोलुङ्गे पुलको शिलन्यास

0
Shares

पर्वत ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिकास निर्माणका काम गर्दा खुट्टा तान्ने प्रबृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
पर्वतको पाङ्ग र बागलुङ्गको बलेवा नगरपालिका जोड्ने मुलुककै सबैभन्दा लामो (५६७ मिटर) झोलुङ्गे पुलको शिलन्यास गर्दै अध्यक्ष तिमिल्सीनाले बिकास निर्माणका काममा राजनीतिक पूर्वाग्रहका कारण खुट्टा तान्ने प्रबृत्ति रहेको भन्दैे त्यसले देशको बिकासमा अबरोध भैरहेको बताउनुभयो ।

चुनावका समयमा आ–आफना एजेण्डा लिएर जनताका बिचमा मत माग्न जाने सबै दलहरु बिकास र समृद्धिको मुद्धामा हातेमालो गरेर अघिबढ्नुपर्नेमा जोड दिनुभयो । ‘हामी सत्तामा रहेको पार्टीले काम गर्दा आफ्नो पार्टीको शाख गुम्ने त्रासले खुट्टा तान्ने प्रबृत्तिले ग्रस्त भएका छौं, पार्टी भित्रै पनि एक अर्काले गरेको काममा जस दिनुभन्दा आलोचना बढी गछौं ।’ तिमिल्सिनाले भन्नुभयो ‘चुनावका बेला एजेण्डा दिएर मत माग्ने र अरु समयमा सत्ताधारि र सत्ता बाहिरका सबै मिलेर बिकासमा काम गर्ने प्रबृतिको विकास गर्न आवश्यक छ ।’।
उहाँले स्थानीय उत्पादनलाई उद्यमशीलतामार्फत बजारीकरण गर्दा समृद्धि आउने बताए । तिमिल्सिनाले हरेक बिकास निर्माणका काम गर्दा उत्पादन के र कति हुने भन्ने बिषयमा प्रस्ताव तयार गरेर मात्रै कामको थालनि गर्नुपर्ने बला आएको बताउनुभयो । ‘जागिर खाँदा एक व्यक्तिले मात्रै आफ्नो जिविको चलाउँछ तर उद्यमले हजारौं व्यक्तिहरुलाई रोजारी दिलाउँछ’ तिमिल्सिनाले भन्नुभयो ‘राजनीति गर्नेहरुले पनि जागिरे होईन उद्यमी उत्पादन गर्ने सोचको विकास गरौं ।’

उहाँले वर्तमान सरकारले नयाँ संरचना अनुसारका पूर्वाधार निर्माणमा समय खर्चेको भन्दै अवको एक बर्ष्भित्रमा बिकासका कमले गति लिने बताउनुभयो । पूर्वाधार निर्माणका काम अन्तिम चरणमा रहेकाले जनताले महशुस गर्नेगरी काम गर्न सरकार तयार भैसकेको उहाँको दावी थियो ।

तिमिल्सिनाले पुल निर्माणको काम पाएको हिमशिखर कन्स्ट्र«क्स का प्रमुखलाई समयमा काम सक्नका लागि कार्यक्रम स्थलमानै प्रतिवद्धता जाहेर गर्न लगाउनुभयो । निर्माण कम्पनीले काम गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका नेताहरु, पेटि ठेकेदारका चुल्ठे मुन्द्रेहरुले अनावश्यक अवरोध गर्ने र पैसा माग्ने गरेका उदाहरणहरु रहेको भन्दै कुनैपनि अवरोध नगर्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीले महत्वकांक्षि योजनाहरले सर्वसाधारणको माग अनुसारको बिकास निर्माणको कामको प्रतिनिधित्व गर्ने वताउनुभयो । प्रदेश सरकारले योजनाबद्ध बिकासका कामलाई गति दिने भन्दै अधिकारीले सबैको सहभागितामा आधारित प्रदेशको उन्नती हुने बताए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि विकास लम्सालले पर्यंटन र उत्पादन सँग जोडेर हरेक क्षेत्रको विकास गरिने बताउनुभयो ।