हेड्स नेपालकोे रक्तदानमा ५५ यूनिट रगत सकंलन

0
Shares

काठमाडौँ ।
हेड्स नेपाल प्रदेश नं ३ समितिको आयोजनामा शनिबार काठमाण्डौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ यूनिट रगत संकलन भएको छ । हेड्स नेपालले यो ६० औंँ पटक आयोजना गरेको बृहत रक्तदान कार्यक्रम हो ।

रक्त संचार केन्द्र काठमाण्डौंको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौं साझा फुलवारी लगाएत बिभिन्न १५ वटा स्थानिय संघ सस्थाको सहयोग तथा सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि हेड्स नेपालका केन्द्रिय अध्यक्ष ई. ईश्वरचन्द्र बानियाँले पहिलो रक्तदाता लायन्स क्लब अफ काठमाण्डौं साझा फुलवारीका सदस्य गिता कुमारी शर्मालार्ई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बानियाँले २०५० सालदेखि मानव समुदायको अभाव, आकस्मिकता र आवश्यकतामा असल साथी बन्दै आएको हेड्स नेपाल स्वास्थ्य, शिक्षा, कृषि र सामाजिक, आर्थिक बिकासका साथै प्राकृतिक बिपत तथा मानव जन्य दुर्घटनामा दिलोज्यानले आफ्नो क्षमता अनुसार मानविय सेवा गर्दै आएको बताए । ३÷३ महिनामा खेर जाने रगत कसैको जीवन बचाउने हुदाँ रक्तदान गर्न उपयुक्त व्यक्तिले रक्तदान गर्नुपर्नेमा जोड दिए ।

हेड्स नेपाल प्रदेश नं ३ का अध्यक्ष राजेन्द्र प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा हेड्स नेपालका प्रमुख संस्थापक प्रतापराज वन्त, संस्थाका बरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव रामकृष्ण धरेल हेड्स नेपाल प्रदेश नं ३ का सचिव मदनकुमार जोशी लगायतले रक्तदानको बिषयमा आ–आफ्नो भनाई राखेका थिए ।