क्याम्पस भवन निर्माणमा दूतावासको सहयोग

0
Shares

काठमाडौं ।
रामेछापको बाम्ती भण्डारस्थित सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसको भवन निर्माणका लागि भारतीय राजदूतावासले सहयोग गरेको छ ।
दूतावासद्धारा प्रकाशित विज्ञप्तिअनुसार भारत सरकारले सहयोग गरेको ३ करोड ५५ लाख रुपियाँमा बनेको ३ तले नयाँ भवनको जिल्ला समन्वय समिति तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा आयोजना गरेको एक सार्वजनिक कार्यक्रमबीच बुधबार औपचारिक उद्घाटन गरिएको छ ।

यो नयाँ भवनमा १२ वटा कक्षाकोठा रहेका छन् । पुस्तकालय, बैठक, लेखा शाखा, प्रयोगशाला, भण्डारणका साथै अन्यका लागि १/१ वटा कोठा तथा प्रत्येक तलामा छात्रछात्राका लागि शौचालय निर्माण गरिएको छ ।

दूतावासले नवनिर्मित सञ्रचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्घि गर्ने मात्र नभई रामेछाप तथा यस जिल्लासँग जोडिएका अन्य क्षेत्रका गरिब तथा सीमान्तकृत विद्यार्थीहरुको शिक्षामा समेत पहँुच पुग्ने विश्वास लिएको छ । सन् १९६३ मा स्थापित तथा त्रिभुवन विश्वविद्यालयसँग सम्बद्घ सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसमा हाल १ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।

सन् २००६ देखि यस क्याम्पसले स्नातक तहका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पस रामेछाप जिल्लाको प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा परिचित छ ।