विद्यालयलाई मस्रेक बैंक दुबईको सहयोग

0
Shares

काठमाडौं ।
दुबईमा मुख्य कार्यालय रहेको मस्रेक बैंकले ललितपुरको गोदावरीस्थित श्रीकृष्ण आधारभूत विद्यालयलाई करिब १० लाख रुपियाँ बराबरका शैक्षिक तथा विद्यालयको स्तरोन्नतिका लागि आवश्यक अन्य सामाग्री प्रदान गरेको छ ।

शुक्रवार मस्रेक बैंककी नेपाल प्रमुख हेमा अधिकारीले बिद्यालयलाई एक थान ल्यापटप, एक थान कम्युटर, एक थान थ्रि इन वान प्रिन्टर, स्क्यानर, फोटोकपी मेशिन, एक थान प्रोजेक्टर र एक बर्षका लागि इन्टरनेट कनेक्सन प्रदान गर्नुभएको हो ।

त्यसैगरी बैंकले एक वर्षका लागि हुने गरी बिद्यालयका सवै विद्यार्थीका लागि दुई दुई जोर जुत्ता, स्कूल ड्रेस, र बर्ष दिनसम्मलाई पुग्ने कापी, कलम, पेन्सिल, इरेजर, कटर, जोमेट्रीबक्स समेत उपलव्ध गराएको छ । बैंकले सहयोग गरेको भौतिक सामाग्रीको सदुपयोग सो विद्यालयका शिक्षकले आफ्नो शिक्षणसम्बन्धी ज्ञान बढाउन, नयाँनयाँ पाठ्यसामाग्री प्राप्त गर्न र विद्यार्थीलाई थप प्रभावकारी ज्ञान प्रदान गर्न सहयोग पुग्ने अधिकारीले विश्वास गर्नुभएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सिएस्आर कार्यक्रममा बालबालिका शिक्षालाई जोड दिएर ‘मस्रेक फ्यूचर जेनरेसन’ भन्ने अभियान सञ्चालन गर्दै आएको छ ।

यो बैंक दुवईमा कार्यालय रहेको यूएईको सवैभन्दा ठूलो र एवं पुरानो बंैक रहेको नेपाल प्रमुख अधिकारीले जनाउनुभयो । बैंकले २०७२ सालमा गएको महाभूकम्पमा बैंक र बैंकका कर्मचारीले प्रधानमन्त्री राहत कोषमा रु ३० लाख भन्दा बढी आर्थिक सहयोग गरेको जनाएको छ ।