नयाँ वर्षमा पर्वतमा सडक खाना महोत्सव

0
Shares

पर्वत ।
नयाँ बर्षको अवसर पारेर पर्वतको कुस्मा बजारमा पहिलो पटक सडक खाना महोत्सब आयोजना गरिने भएको छ ।
पर्वत जेसिजले चैत्र ३० देखि बैशाख २ गते सम्म तीन दिने सडक खाना महोत्सब आयोजना गर्न लागेको हो ।

आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने तथा लामा र अग्ला पुलले घेरिएको कुस्मालाई नयाँ बर्ष मनाउने पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले सडक खाना महोत्सब आयोजना गरिएको पर्वत जेसिजले जनाएको छ । नयाँ बर्ष मनाउन पदयात्रामा जाने, पोखरा र फेवा किनारमा मनाउन जाने साविकका पर्वत,बागलुङ्ग तथा म्याग्दी र कास्की र स्याङ्गजाका आन्तरिक पर्यटकलाई लक्षित गरेर महोत्सब आयोजना भएको आयोजक पर्वत जेसिजका अध्यक्ष मोहन आचार्यले बताए ।

नयाँ बर्षलाई बैशाखे संक्रान्तिका रुपमा हिन्दु धर्मालम्बीले मनाउने गर्दछन । नयाँ बर्षमा पोखरा भएर बग्ने सेती तथा धौलागिरीका जिल्ला भएर बग्ने कालीगण्डकी नदीको एकैदिन स्नान गरेमा पुण्य मिल्ने बिश्वास छ । ‘काली र सेती नदीमा एकैदिन स्नान गर्न आउने परम्परा समेत प्रर्बद्धन गर्न महोत्सब सफल हुने बिश्वास छ ।’ उनले भने ‘पहिलो पटक आयोजना गरिएको महोत्सबमा कम्तीमा पनि ३० हजार आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखेका छौ ।’

स्थानिय मौलिक परिकारप्रति आकर्षक बढाउन, धार्मिक र पर्यकीय स्थलको प्रचारप्रसार, लघु, घरेलु उद्योगहरुका उत्पादनहरुको बजार समेत प्रर्बद्धन गर्न पनि महोत्सब सफल हुने बिश्वास आयोजकको छ । महोत्सबमा निशुल्क स्टल र निशुल्क प्रबेशको ब्यबस्था समेत मिलाइएको महोत्सब मुल आयोजक समितिका मुल संयोजक केदारनाथ आचार्यले जानकारी दिए । महोत्सब अबधिभर पर्वतका पर्यटकीय स्थलहरुको अवलोकन गर्ने ब्यबस्था मिलाइएको हो र मम खाने प्रतियोगिता तथा जलेवी दौड प्रतियोगिता समेत हुने उनले बताए ।

पर्वतको कुस्मामा चार वटा अग्ला र लामा पुल तथा निजी क्षेत्रबाट निर्माण गरिएको केवलकार मोडलको यान्त्रिक पुल सञ्चालनमा छन भने बिश्वकै दोस्रो अग्लो बञ्जी र बिश्वकै अग्लो र लामो पैदलयात्री पुल समेत सञ्चालनको तयारीमा छ । गुप्तेश्वर गुफा, मोदीबेणी लगायतका पर्यटकीय र धार्मिक गन्तब्य पनि कुस्मामा रहेका छन ।