ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

0
Shares

गणेश विष्ट, भोजपुर ।
भोजपुरको आमचोक गाउँपालिकाको दुम्मानामा ट्याक्टर दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । दुर्घटनामा आमचोक गाउँपालिका –४ बालङ्खा बस्ने २५ वर्षीय चालक भविन्द्र राईको मृत्यु भएको हो ।

घाइते हुनेमा महोतरी जिल्ला बस्ने सहचालक ४० वर्षीय हरि खत्री  र आमचोक गाउँपालिका – १ वस्ने शंखर कार्की रहेको प्रहरीले जनाएको छ ।

कार्कीको अवस्था केहि गम्भिर रहेकोले थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव कुमार राजवंसीले वताए ।

शुक्रवार राती रानीबासबाट बालङखा तर्फ आउदै गरेको ना ५ त ९४३२ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुम्मानाको कामी  डाँडा भन्ने स्थानमा सडकबाट करिब आठ सय मिटर तल झेरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।