होलीमा मापसे र अभद्र व्यवहार गर्ने १ सय ९६ जना पक्राउ

0
Shares

सरोज यादव, विराटनगर ।
मोरङ प्रहरीले होलीका दिन ट्राफिक नियम उल्लंघन तथा उश्रृंखल गतिविधी गरेको आरोपमा १ सय ९६ जनालाई नियन्त्रणमा लिएको छ । होली खेल्ने क्रममा मादक पदार्थ सेवन गरि सवारीसाधन चलाउने तथा सुरक्षार्थ खटिएका प्रहरीलाई अभद्र ब्यवहार गर्ने १ सय ९६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

होलीलाई मर्यादित बनाउन मोरङ प्रहरीले जिल्लाका विभिन्न ठांउमा राखेको चेकप्वाइन्टहरुबाट १९६ जना मानिसका साथै ४ सय ९३ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मादकपदार्थ सेवनगरि सवारीसाधन कुदाउने,झैंझगडा र होहल्ला गर्ने लगायतलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनंले नियन्त्रणमा लिइएकाहरुको बिषयमा अनुधन्धान गर्ने काम भइरहेको बताउदै छाड्न मिल्नेलाई छाडने काम समेत भइरहेको बताए ।
गम्भीर प्रकृतिका घटनामा संलग्नलाई भने आवश्यक अनुसन्धानकालागि नियन्त्रणमै राखिने डिएसपी श्रेष्ठले बताए ।

होलीलाई मर्यादित बनाउन विराटनगर महानगरक्षेत्रभित्र ४५ ठांउमा र मोरङभरि १ सय ७ ठांउमा चेकप्वाइन्ट स्थापना गरि उल्लेख्य प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।