विप्लव पार्टीमा आस्था राखेको भन्दै कार्यकक्षबाटै पत्रकार गिरफ्तार

28
Shares

कालीवहादुर मल्ल, कालिकोट ।
रास्कोट नगरपालिका–८ निवासी रेडियो नयाँ कर्णालीमा कार्यरत २७ वर्षीय पत्रकार कर्ण विश्वकर्मालाई विप्लव नेतृत्वको नेकपामा आस्था राखेको आरोपमा जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरी टोलीले बिहीबार रेडियोको कार्यकक्षवाटै गिरफ्तार गरेको छ ।

विप्लव नेकपाका समाचार प्रसारण गरेको आरोपमा पत्रकार विश्वकर्मालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

प्रहरीले तिलागुफा नगरपालिका–४ का २९ वर्षीय भरत शाहीलाई पनि बिहीबार विप्लव नेकपाको गतिविधिमा लागेको आरोपमा गिरफ्तार गरिएको कालिकोटका प्रहरी प्रमुख डिएस्पी विनोद शर्माले वताएका छन् ।

विप्लव नेकपा निकट क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष समेत रहेका विश्वकर्मालाई प्रहरीले रेडियो नयाँ कर्णालीको स्टेसन कार्यकक्षवाट गिरफ्तार गरेको थियो । यस्तै शाहीलाई प्रहरीले जिल्ला सदरमुकाम मान्म खाँडाचक्र स्थित जिरोप्वाइन्टवाट पक्राउ गरेको हो ।

विना कारण आस्थाका आधारमा पत्रकारलाई गिरफ्तार गरिएको प्रति नेपाल पत्रकार महासंघ कालिकोटले विरोध जनाएका छ । महासंघका जिल्ला अध्यक्ष तुलाराम पाण्डेले विना पूर्जि रेडियोको कार्यकक्षवाट पत्रकार गिरफ्तार गर्नु निन्दनीय भएको प्रतिक्रिया दिए ।
प्रहरीले गिरफ्तार गरिएका दुवैजनालाई आफ्न्त सञ्चारकर्मी कसैलाई भेटघाट गर्न दिएको छैन् ।