दलित मर्दा मलामी पाउनसमेत गाह्रो !

0
Shares

सरिता चलाउने, सल्यान
संविधानमा दलितहरुका हक समेटिए पनि दलितहरुले अझै न्याय पाउन नसकेको सल्यानका दलित समुदायहरुले गुनासो गरेका छन । उनिहरुले जातिय बिभेदकै कारणले गर्दा अहिले सम्म कठिनाईका समस्याहरु भोगीरहेका बताएका हुन । ५४ औ अन्तराष्टिय विभेद उन्मुलन दिवश कार्यक्रमको अबसरमा जिल्लाको सदरमुकाम खलंगामा बोल्दै उनिहरुले दलित समुदायले पाउनुपर्ने सेवा सुबिधा राज्यले प्रदान गरेको भएपनि समाजले अझै पनि ठगिरहेको बताएका छन ।

दलितहरुलाई मर्दा र पर्दामा पनि जातिय विभेद गरिको भन्दै दलित समुदायको कोही ब्यक्ति मर्दा पनि मलामी पाउन गाह्रो भएको शारदा नगरपालीका वडा नमबर २ का प्रकाश नेपालीले बताए । समाजले जातिय विभेद गरेकै कारणले नै आफुहरुले यो समस्या भागीरहेको उनिले बताए । उनले भने दलितहरुको मलामी र बिवाहको जन्तीमा समेत विभेद गरिएको छ, यस्तोमा माथिल्लो जातको जान नै मान्दैनन, संबिधानमा दलितहरुका कुरा समेटिएका छन तर जति दलिहरु समाबेश गराइनुपर्ने हो त्यो गराईएको छैन ।,

एउटा माथिल्लो जातले दलित समुदाय सँग बिवाह गरेर दलित बाट जन्मेको बच्चाले न्याय पाउन नसेकेको शिद्धकुमाख गाउँपालीका कार्यपालीकाका सदस्य मान बहादुर परियारले बताए । अहिले सम्म दलित समुदाय मध्यका गरीब, पिछिडिएका बर्गहरुको माग सरकारले सुनुवाई नगरेको उनले गुनासो गरे ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर बिष्टले गाउँ समाजमा अहिले पनि जातिय विभेद बिधमान अबस्थामा रहेका यस्लाई अनत्य गर्न आफु’ लागी पर्ने बताए । जातकै कारणले समुदायमा बिभिन्न घटना भैरहेकाले यस्ता घटना हुन नदिनको लागी सबै लागी पर्ने बताए । असमान्ता र बिभिेदको कुरा रहिरहे समाज अगाडी बढना नसक्ने प्रमुख बिष्टले बताए ।

यस्तै शारदा नगरपालीका सल्यानका नगर प्रमुख शुरेस अधिकारीले शारदा नगरपालीका भित्र कुनै पनि जातिय बिभेद हुन नदिने बताए । जसको लागी प्रत्येक वडा भित्र दलित र गैरदलितहरु बिच कानुनी सचेतनाका कार्यक्रमहरु संचालन गर्ने बताए । जातिय बिभेद अन्त्य गर्नको लागी आगामी बर्ष योजनाका साथ बजेट बिनियोजन गरीने बताए ।

कार्यक्रममा बोल्दै जिल्ला न्याधिस मदन बहादुर धामीले सबैको उदेश्य एउटै भएकाले मानिसले मानिसलाई आत्मासम्मानको ब्यवहार गर्नुपर्ने बताए । जातिय विभेद समाजमा कुररुतिका रुपमा रहेकाले यसलाई हटाउन जरुरी भएको भन्दै उनले सचेतनाका कुराहरु ऋभिबृद्धि गर्न पर्नेमा बताए ।

अबको समाजले सम्मान चाहेकोले सहिष्णुता कायम गर्नको लागी कानुनी कुरालाई पालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए । कानुनी कुरालाई कार्यन्यन गर्न नसक्दा विभेद भएको भन्दै उनल सबै निकाय जिम्मेवार हुन जरुरी भएको बताए ।