फरार अपहरणकारी पक्राउ

0
Shares

बाँके ।
फरार रहेका एक अपहरणकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके जानकी गाउँपालिका ३ ईन्द्रपुरका ५० वर्षीय मुल्ला भन्ने निजामुद्दिन साई रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरीले सोही उपमहानगरपालिका(१५ जमुनाहबाट पक्राउ गरको हो ।
उनी जिल्ला अदालत नेपालगंज बाँकेको २०७२ माघ २ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ९ लाख ५० हजार रुपैयाँ जरिवाना भई फरार रहका थिए ।

नेपालगंज उपमहानगरपालिका(१० बस्ने २२ वर्षीय मुन्नु अंसारीलाई २०६९ असार २६ गते सोही उपमहानगरपालिका(९ बाट उनी समेत ९ जनाले अपहरण गरी भारतमा लगि बन्धक बनाई नगद ९ लाख रुपैयाँ फिरौती लिई फरार भएका थिए ।

घटनामा संलग्न अन्य अपहरणकारीमध्ये बाँके ईन्द्रपुरका सुष्मा बर्मा र बाँके भवानियापुरका प्रमोद गिरी यसअघि पक्राउ परी हाल थुनामुक्त भएका छन् । बाँके ईन्द्रपुरका रगौ भन्ने रिजवान साई हाल कारागार शाखा नेपालगंजमा छन् भन्ने बाँके कम्दीका २८ वर्षीय बकरिदी शेष तथा २२ वर्षीय झल्लु धोबी, भारत मोतीपुरका ३० वर्षीय ईरसाद खान, ३८ वर्षीय मोइन कुरेसी र ३८ वर्षीय सिराजुल रहमान अंसारी हाल फरार रहेका छन् ।