होलीमा ढिलो बाईक रेस


दोलखा, (नेस)
होली पर्वको अवसरमा बुधवार सदरमुकाम चरिकोटमा विस्तार (ढिला) मोटरबाईक कुदाउने प्रतियोगीता आयोजना गरिएको छ ।

आयोजकको नियमको परिधिमा रहेर निर्धारीत गन्तव्यमा सबैभन्दा ढिला पुग्ने मोटरवाईक चालक प्रतियोगीको बिजयी बनेका हुन् । सरल नेपालले आयोजना गरेको प्रतियोगीतामा सबैभन्दा ढिला बाईक चलाएर पारस श्रेष्ठ पहिलो भै १० हजार नगद जिते । त्यस्तै अशोक तमाङ दोस्रो भै ५ हजार नगद र उज्ज्वल श्रेष्ठ तेस्रो भै ३ हजार नगद र कैलाश नेपाली सान्त्वना भै २ हजार नगद हासिल गरेका छन् ।

प्रतियोगीताको लागि सदरमुकाम चरिकोटको बीच बजारमा एक सय मीटर लम्बाईको ट्रयाक निर्माण गरिएको थियो । ट्रयाकमा दाँया बाँया नछोई, स्टाट बन्द नगरी र खुट्टाले भुईमा नछोई सबैभन्दा ढिला गन्तव्य पुग्ने प्रतियोगीलाई विजयी घोषणा गरिएको थियो ।