राजपा संयोजकमा भण्डारी

0
Shares

काठमाडौँँ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी बुधबारदेखि शरतसिंह भण्डारीले पाउनुभएको छ ।
यसअघि राजपामा महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र राय यादव अध्यक्ष मण्डलको संयोजक भइसक्नुभएको छ ।

हरेक २/२ महिनामा संयोजक फेरिने पूर्वसहमति अनुसार भण्डारी संयोजक बन्नुभएको महासचिव केशब झाले बताउनुभयो । मंसीर ४ देखि माघ ४ गतेसम्म महतो र माघ ४ बाट मंगलबारसम्म यादव संयोजक रहनुभयो । आलोपालो नेतृत्व गर्ने भनेपनि ठाकुरले पद नछोडेपछि पार्टीमा बिबाद भएको थियो । ठाकुर १९ महिना अध्यक्ष बन्नुभयो ।

पार्टीले आगामी बैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने यसअघि नै घोषणा गरिसकेको छ । तोकिएकै समयमा महाधिवेशन भए अनिलकुमार झा र राजकिशोर यादव संयोजक बन्न पाउने छैनन् । २०७४ साल वैशाखमा ६ तराइलाई आधार बनाएर राजनीति गर्दै आएका ६ वटा पार्टी मिलेर राजपा बनेको थियो ।

२०७४ साल वैशाखमा ६ तराइ केन्द्रित पार्टी मिलेर राजपा बनेको थियो। पार्टी गठनकै बेलामा चक्रिय प्रणालीमा संयोजक बन्ने भनिए पनि डेढ वर्ष भन्दा बढी महन्थ ठाकुरले नेतृत्व गरेका थिए।

राजपाको महाधिवेशन वैशाखको पहिलो हप्ता गर्ने भनिएको छ। भण्डारीकै कार्यकालमा महाधिवेशन भयो भने अनिल झा र राजकिशोर यादवले संयोजक बन्ने अवसर पाउने छैनन्।