काग्रेसको निर्वाचन समितिमा फेरी राधेश्याम अधिकारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाली काग्रेसले केन्द्रिय अनुशासन समितिलाई पुर्णता दिदै नियमावाली मस्यौदा समिति र केन्द्रिय निर्वाचन समिति पनि गठन गरेको छ । भीष्मराज आङ्दम्वेको संयोजकत्वमा गठित अनुशासन समितिमा दुई सदस्य उमाकान्त चौधरी र धनराज गुरुङलाईथप दिई पुर्णता दिएको छ । पाँच सदस्यीय अनुशासन समितिमा यस अघि काग्रेसले किशोरसिंह राठौंर र देवेन्द्रराज कँडेल सदस्य रहेको तीन सदस्य समिति बनाएको थियो ।

काग्रेसले रमेश लेखकको संयोजकत्वमा पाँच सदस्यीय पार्टी नियमावली मस्यौदा समिति पनि गठन गरेको छ । मस्यौदा समितिमा मीन विश्वकर्मा, जिवन परियार, ईश्वरी न्यौपाने र प्रदिप पौडेल सदस्य रहेका छन् । काग्रेसले राधेश्याम अधिकारीको संयोजकत्वमा केन्द्रिय निर्वाचन समिति पनि गठन गरेको छ । अधिकारी यसअघि पनि निर्वाचन समितिका संयोजक थिए । काग्रेसको १३औं महाधिवेशन उहाको नेतृत्वको समितिले सम्पन्न गरेको थियो ।

केन्द्रिय निर्वाचन समितिमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सिताराम केसी र एकराज पोखरेल सदस्य छन् । शीर्ष नेतावीच भागवण्डामा भएको लामो समयसम्मको रस्साकस्सिवीच अनुशासन समिति, निर्वाचन समिति र पार्टी नियमावली मस्यौदा समिति सर्वसम्मतीले गठन गरेको हो ।