अधिकृत र अध्यक्षविरुद्ध मुद्दा दायर

0
Shares

काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग जनकपुर अञ्चल अस्पताल, धनुषाका आयुर्वेद अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले अधिकृत मिथिलेशकुमार यादवलाई नक्कली शैक्षिक प्रमाणपत्र सो ठाउँमा कार्यरत रहेकाले मुद्दा दायर गरेको हो ।
उनको सो कार्य भ्रष्टाचार रहेकाले उनीविरुद्ध आयोगले कानुन बमोजिम कारबाहीको माग गरेको छ ।

यस्तै सुलीचौर नगर विकास समिति रोल्पाका अध्यक्ष प्रकाश घर्तीमगरविरुद्ध पनि मुद्दा दायर गरेको छ । आयोगले उनको पनि शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेकोभन्दै आजै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी अध्यक्ष घर्ती सार्वजनिक पदमा बहाल रही लाभसमेत लिएको देखिएको आयोगको आरोप छ ।