नेकपा अध्यक्ष प्रचण्डविरुद्ध अमेरिकामा उजुरी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ विरुद्ध अमेरिका उजुरी परेको छ । उनी पत्नी सीता दाहालको उपचारमा अमेरिका गएकाबेलामा उजुरी परेको हो ।

अमेरिकी विश्वविद्यालयमा अध्ययनरत नेपाली तिलकबहादुर श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबीआईमा प्रचण्डले नेतृत्व गरेको १० वर्षे जनयुद्धमा १७ हजार नेपालीको मृत्यु भएको उनलाई पक्राउ गर्न उजुरी दिएका हुन् ।