सप्तरीमा होलीको चहलपहल शुुरु

0
Shares

राजविराज ।
तराई÷मधेशमा महत्वपूर्ण पर्वका रुपमा मनाईने होली नजिकिएसँगै सप्तरीमा चलहपहल वढेको छ ।
होली पर्वसँग सम्वन्धित हिन्दी, भोजपुरी, मैथिली तथा नेपाली गीत बज्न थालेका छन् । ग्रामिण क्षेत्रका कतिपय स्थानमा एक साताअघि देखिनै ‘जोगीरा’ गाउँने क्रम पनि चलेको छ । होली पर्वले युवा पुस्ता मात्र नभई किसान, मजदुर, ब्यापारी, गृहणी, कर्मचारी सवैलाई उत्तिकै छोएको छ ।
वजारमा होली अंकित टि–सर्ट, लोला, पिच्कारी, रङ्ग÷अविर, खसी÷वोका, होली गितका क्यासेटलगायतको विक्रि वढेको छ ।
कतिपय होली गीतमा उत्तेजक शब्दहरुको प्रयोग वढेको छ । सुन्दा असहज लाग्ने र द्विअर्थि शब्द प्रयोग भएका यस्ता गीतले वजारमा ब्यापकता पाएको छ । आधुनिकताका नाममा युवा पुस्तामा देखिएको अस्लिल गित प्रतिको मोहले होलीमा गाईने परम्परागत लोकगित हराउँदै गएको जानकारहरु वताउँछन् ।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होली पर्वलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनकी आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएको र त्यही दिनदेखि होलीका (होली) पर्व मनाउन सुरु गरिएको मान्यता छ ।