झापामा चमत्कारी पठन–पाठन !

0
Shares

उत्तम नेपाल, भद्रपुर ।
प्रविधिको विकाससँगै पछिल्लो समय साना बालबालिकाहरु अध्ययन भन्दा पनि अन्य विषयमा बढी झुकाव रहेको पाइएको छ । अविभावक तथा शिक्षकले भनेको नमान्ने,मोवाइल ,टेलिभिजन जस्ता वस्तुमा बढी ध्यान दिएका कारण धेरै जसोलाइ हैरानी दिइरहेको वर्तमान समस्या नै भएको छ ।

आफ्ना सन्तान असल बाटो तर्फ लैजानको निम्ति जो कोही पछि पर्दैनन तर, नानीहरुले अटेर गरेपछि समस्या जर्जर बन्दै गएको छ । यस्तै समस्यालाइ हटाउन नानीहरुलाइ अध्यापनसँगै तीक्ष्ण बनाउन झापा भद्रपुर नगरपालिका ३ ज्ञानेचोकका कालीचरण वस्नेतले शुरु गरेका छन् ।

केही महिना यताबाट स्थानीय ६ देखी १४ बर्षभन्दा तलका बालबालिकाहरुलाइ भेला पारेर हप्तामा एक दिन ३ देखी ४ घण्टा बे्रन तथा व्यक्तित्व विकास कार्यक्रम मार्फत अध्यापनको शुरुवात गरेका छन् । वस्नेतले हाल २८ जना नानीहरुलाइ अध्यापन गराउदै आएका छन् ।

उनले दिव्य शिक्षा केन्द्र प्राइभेट लिमिटेड दर्ता गरेका छन् । बच्चामा प्राकिृतक रुपबाटै बिलक्षण क्षमता आउनका लागि ब्रेन एक्सरसाइज,जिम,विभिन्न नृत्य,आइ एक्सरसाइज,योगा तथा म्यूजिकबाट अध्यापन गराइने उनको भनाइ छ । आधारभुत र एडभान्स गरी दुइ तहको पाठ्यक्रम राखिएको उनले जनाए । आधारभुत १० र एडभान्स १४ हप्ताको रहेको उनको भनाइ छ ।

आधारभुत अध्ययन गरेका नानीहरुले मात्र एडभान्समा सहभागि हुन पाउने उनले जनाए । ‘शुरुमा डर लागेको थियो, छिमेकीसँग केही नानी मागेर शुरु गरे उनले भने ।’ ‘तीन हप्तामा नै अध्ययनको अवस्था र अविभावक मार्फत नानीहरुमा सकरात्मक परिवर्तन देखिएपछि सफल भइनेरहेछ भनेर सार्वजानिक गरेको उनले बताए ।

यो शिक्षा जापनमा लागू गरिएको उनले सुनाए तर ,वस्नेतले भने भारतमा गएर शिक्षा हासिल गरेको बताए । मानिसमा रहेका पाँच इन्द्रीयमध्ये आँखा बन्द गराइसकेपछि बाँकी रहेका इन्द्रीय झन बढी सकृय हुने भएकोले आँखामा पट्टि बाधेपनि सजिलै थाहा पाउने उनको भनाइ छ ।

अब झापाका विद्यालयहरुमा शुरुवात गर्दै झापाभर यो पाटोबाट अध्यापन गराउन शुरु गरिने उनले बताए । यसका लागि शिक्षक उत्पादन गर्दै गरेको उनको भनाइ छ । अध्ययन गर्दै आएका केही नानीले आँखामा पट्टिबाधेर सामान चिन्ने ,नोटमा रहेको नम्बर भन्ने, मोवाइल डायल गर्ने लगायतका चमत्कारि देखिएको थियो ।

दोस्रो पाठ्यक्रम पूरा गरेपश्चात ४० प्रतिशत जुनसुकै पुस्तक पढनसक्ने सम्मको क्षमता हुने उनले दाबी गरे । साना नानीहरुमा हर्मन पातलो भएका कारण नदेखेपनि थाहापाउने उनले बताए । पाठ्यक्रम पूरा गरेपश्चात कठिन लाग्ने विषयहरु सहज रुपले ज्ञान हुदै कलाकारिता,गायन,नृत्य ,खेलकुद जस्ता अनेकन क्षेत्रमा सफल हुने उनले दाबी गरे ।

यो पठनपाठन शुरु गरेपछि नानीमा परिवर्तन आएको अविभावक लोकनाथ रिजालले बताए । टिभी हेरेर रातभर वस्ने नानी अहिले हेर्न मन नपराउने भएकोले यो शिक्षा ज्यादै प्रभावकारी देखिएको उनको भनाइ छ ।