बाँदरले टोकेर एक महिला गम्भीर घाइते

0
Shares

गोरखा ।
बाँदरको आक्रमणले गोरखामा एक महिला गम्भीर घाइते भएकी छन् । सोमबार दिउसो गोरखाको गण्डकी गाउँपालिकाको फुजेलमा बादरले आक्रमण गर्दा ४२ वर्षिया कल्पना रेग्मी गम्भीर घाइते भएकी हुन् । घाईते महिलालाई थप उपचारको लागि सोमबार नै राजधानी लगिएको परिवार श्रोतले जानकारी दिएको छ ।

कामका लागि घरबाट निस्किएर हिडेकी उनलाई बादरहरुको हुलले देखे पछि एक्कासी आक्रमण गरेको थियो । बादरले उनको अनुहार, हात टोकेको स्थानिय राजु देवकोटाले जानकारी दिए ।

आक्रमणबाट रेग्मीको टाउको र मुखमा पनि गम्भिर चोट लागेको छ । रेग्मीलाई एक्कासी बादरले झम्टिएर आक्रमण गरेपछि भाग्न खोजेपनि बाँदरको हुलले आक्रमण गरी चिथोरेको स्थानीयले बताएका छन् । आक्रमणपछि बेहोस भएकी रेग्मीलाई स्थानियले उद्दार गरी नजिकै रहेको मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

फुजेलमा केहि वर्ष यता यसखाले घटना हुँदै आइरहेको छ । घटनालाई अहिले सम्म पनि सम्वन्धित निकायले गंभिरता पुर्वक नहेरको भन्दै स्थानिय आक्रोशित भएका छन । अब बादर नियन्त्रणका लागि सरोकारवालाले चासो नदेखाए बादर नै सखाप हुने गरी स्थानियले कदम चाल्न बाध्य हुने स्थानिय देवकोटाले बताए ।