प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

0
Shares

काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक रमेश तिवारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्री निम्न मावि मोतियाही, रौतहटका तत्कालीन प्रधानाध्यापक तिवारीले आफू कृषक समूह प्रा।वि। जुडीवेलामा कार्यरत रहँदा किर्ते सहीछाप गरी आफ्नी श्रीमती ललिता तिवारीलाई राहत शिक्षकमा नियुक्ति गरेकाले उनीविरूद्ध मुद्दा दायर गरिएको हो ।

तिवारीले किर्ते दस्तखत गरी शिक्षक पदपूर्तिको सूचना प्रकाशन गर्ने देखि नियुक्तिसम्मका विभिन्न निर्णय गरेको कागजात तयार पारी जिल्ला शिक्षा कार्यालय, रौतहटलाई पत्राचार गरी आफ्नी श्रीमती लाई गैरकानूनी रूपमा प्रा।वि। स्तरको राहत अनुदान कोटाको शिक्षक पदमा नियुक्ति गरेका थिए ।

तिवारीकी श्रीमती २०६३ असार १२ गतेदेखी २०६६ भदौ १२ गतेसम्म हाजिर नभई २ लाख ५६ हजार ९ सय ९० ?पैयाँ लगेको खुल्न आएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला जानकारी दिनुभयो ।

यस्तै आयोगले २०७५ फाल्गुन मसान्तसम्म डोर हाजिरबाट जन्जिरदारको काम गर्नका लागि राखिएका पिन्टुकुमार यादववि?द्ध मुद्दा दायर गरेको छ । यादवलाई डाक्नेश्वरी नगरपालिका– ३ का गाउँ ब्लकको जग्गा नापी गराइदिने भन्दै सेवाग्राहीसँग छब्बिस हजार घूस लिइसकेको अवस्थामा राजविराज स्थित थारू रिसोर्टबाट पक्राउ गरिएको प्रवक्ता कोइरालाल बताउनुभयोे ।
यसबारे थप अनुसन्धान भईरहेको छ ।