सिन्धुलीमा आगलागी, एक घर जलेर नष्ट

0
Shares

सिन्धुली ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ निगालेमा सोमबार दिउँसो अागलागी हुँदा एक घर जेलर नष्ट भएको छ । आचनक लागेको आगलागीका कारण गोलान्जोर गाउपालिका –५ निगालेका ६५ वर्षीय बम बहादुर लुङ्गेलिको ढुङ्गा माटोले बनेको खरको छानो भएको २ तल्ले कच्चि घर जलेर नष्ट भएको हो ।

आगोलागीका कारण लुङ्गेलिको घर भित्र रहेको अन्नपात, भांडाबर्तन, लत्ता कपडा र नगद.२० हजार गरी.४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

आगोलागिबाट लुङ्गेलीको घर नजिक थुपारी राखेको जापान सरकार जाईका नेपालले सहयोग गरेको ९ हजार मिटरको प्रयोग भईसकेको पुरानो खानेपानिको पाईप समेत जलि पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले जानकारी दिए ।

आगो लागी भएको झन्डै दुई घण्टापछि कमलामाई नगरपालिकाको बारूण यन्त्र, थानीय र प्रहरीको सक्रियता गरिएको उनको भनाई छ ।