स्थानीय तहमै पहिलो अभ्यास, कुस्मा नगरपालिकाले शुरु गर्याे अनलाईन सेवा

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
स्थानिय तहहरुले नयाँ नयाँ शुरुवात गर्ने क्रममा पर्वतको कुश्मा नगरपालिकाले पहिलो पटक वेभ पोर्टल निर्माण गरेर अनलाइन सेवा सुरु गरेको छ ।

नगरपालिकालाई सूचनामैत्री बनाउन र नगरभित्रको सम्पूर्ण बिबरण इन्टरनेटको माध्यमबाट उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले अनलाइन पोर्टलको शुरुवात गरेको हो । स्थानिय तहले नेपालमै पहिलो पटक शुरु गरेको वेभ पोर्टलको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शुभारम्भ गर्नुभयो ।

नगरपालिका भित्रका नागरिकका सबै बिबरण, उत्पादनको बजारीकरण गर्न सक्ने तथा नागरिकले आफ्ना सुचना आफ्ै राख्न सक्ने ब्यबस्था सहितको वेभपोर्टल निर्माण गरिएको हो ।

पहिलो चरणमा नगरपालिका अन्र्तगतको वडा नम्बर ७ बाट नै डाटा संकलन र राख्ने काम भएको वडा नं ७ का अध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो । नागरिकले घरमै बसेर आफ्ना सबै बिबरण अध्याबधिक गर्न तथा नगरपालिकाका सेवाहरु बारे जानकारी लिन समेत सक्ने गरि वेभ पोर्टल बनेको छ अध्यक्ष पौडेलले भन्नुभयो यसले नगरपालिकालाई सुचना प्रबिधीको क्षेत्रमा एउटा फड्को मार्ने काम भएको छ ।

वेभर्पोटल निर्माण पछि नगरपालिकाका घरधुरी सम्बन्धी अनलाईन जानकारी हुने, नगरपालिकाका योजना र प्रगति बिबरण डिजीटल नक्सामा हेर्न सकिनेछ । यसबाहेक आफ्ना उत्पादनको बजारीकरण र खरिदबिक्री समेत अनलाईनबाट गर्न सकिने, योजना तर्जुमा गर्दा सहजरुपमा तथ्याँक उपलब्ध हुने कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभयो । उहाँले नगरपालिकाका सबै वडाहरुमा यसको प्रभाबकारिता हेरेर बिस्तार गरिने जानकारी दिनुभयो ।

अनलाईन पोर्टलको शुभारम्भ गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले कुस्मा नगरपालिकाले वेभपोर्टल निर्माण गरेर सुचना प्रबिधीको क्षेत्रमा ठुलो फड्को मारेको छ भन्नुभयो । संसार सुचना प्रबिधीको प्रयोगबाट धेरै अघि बढेका छन , उहाँले भन्नुभयो स्थानिय तहले पनि सुचना प्रबिधीको प्रयोगबाट बिकास र सम्बृद्धिको क्षेत्रमा फड्को मार्न सहयोग पुर्याउँछ ।

उहाँले सुचना प्रबिधीको बिकास र सहज पहुँचले अन्धाधुन्ध योजना छनौट र पहुँचका आधारमा हुने बजेट बितिरणलाई निरुत्साहित गर्दै भ्रष्टचार नियन्त्रणमा समेत सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

उहाँले चुनाब भन्दा ६ महिना अघि मात्रै राजनितीक लडाई लड्ने तर त्यस बाहेक बिकास निर्माणका काममा सहकार्य र समझदारी गरेर अघि बढ्न राजनैतिक दललाई आग्रह पनि गर्नुभयो । बिकास निर्माणमा सहकार्य र प्रतिष्पर्धा गर्न सके मात्रै सोचे अनुसार उपलब्धी हासिल हुन सक्ने कुरामा उहाँको जोड थियो ।