सवारी दुर्घटनामा ५ जनाको मृत्यु

0
Shares

काठमाडौं ।
चितवन, धादिङ, डडेल्धुरा, सिराहा र बझाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
चितवन रत्ननगर नगरपालिका १० स्थित निपनीचोकमा ना४च ५००७ नम्बरको बलेरो गाडीले सोमबार बिहान ठक्कर दिंदा गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका १ बस्ने १६ वर्षीय बसन्त थापाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । बलेरो गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका(४ तिलारस्थित सडकमा ग।१ ख ५९५९ नम्बरको ट्रक अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा सोही गाउँपालिका(७ बस्ने २८ वर्षीय अर्जुन भुजेलको घटनास्थलमै मृत्यु भएको छ । सोही दुर्घटनामा घाइते भएका ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र सल्यान्टारमा उपचार भइरहेको छ ।

डडेल्धुरा गन्यापधुरा गाउँपालिका ३ स्थित सडकमा बा२ख १६६५ नम्बरको हाईस रोकी राखेको अवस्थामा सडकबाट खसेर सोमबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका सायल गाउँपालिका ६ बस्ने २६ वर्षीय गणेश साउदको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य १० जनालाई उपचारको लागि सोही अस्पतालमा पठाइएको छ ।

सिराहा धनगढी नगरपालिका १० बजारस्थित सडकमा बा७च २७९२ नम्बरको कारले सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही नगरपालिका बस्ने जितेन्द्र मिश्रको ७ वर्षीया छोरी पुजाकुमारी मिश्रको श्रमजिवी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । कार सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बझाङ खप्तर छान्न गाउँपालिका ७ स्थित सडकमा म१त १११७ नम्बरको ट्याक्टरबाट खसेर सोमबार बिहान गम्भीर घाइते भएका ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय लोकेन्द्र रोकायको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।