भेरी–बबईको सुरुङ अन्तिम चरणमा

0
Shares

सुर्खेत ।
राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन ९टिबिएम० को सफल परीक्षणका कारण निर्धारित समयअगावै सुरुङ निर्माणकार्य पूरा हुने भएको हो ।

आयोजना प्रमुख सञ्जीव बरालले टिबिएमको सहायताले आजसम्म ११ किमी ६०० मिटर सुरुङ निर्माण भइसकेको जानकारी दिनुभयो । सुरुङको लम्बाइ १२ हजार मिटर हो । “नेपालमै पहिलोपटक परीक्षणका लागि प्रयोग गरिएकाले थुपै्र आशङ्का थियो, सुरुङ निर्माणमा कुनै बाधा भोग्नुपरेन, अबको केही दिनभित्रै बाँकी ६०० मिटर निर्माण पूरा हुन्छ”, उहाँले भन्नुभयो, “भेरीको चिप्लेमा ‘टनेल एक्जिट प्लेटफर्म’ पनि निर्माण भइसकेको छ ।”

नेपालमा यसअघि ड्रिलिङ र ब्लास्टिङबाट मात्रै सुरुङ खन्ने प्रचलन थियो । अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको टिबिएम चीनबाट ल्याइएको हो । चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ गु्रप लिमिटेड ९कोभेक० ले सुरुङ निर्माणको जिम्मा लिएको छ । अत्याधुनिक कम्प्युटरचालित उक्त मेसिन खरीदपूर्व कोभेकले उत्पादक कम्पनीसँग जडानका साथै परीक्षणस्वरुप पाँच मिटर सुरुङ खनेर मात्र हस्तान्तरण गर्नुपर्ने शर्त राखेको थियो । शर्तअनुसारै उत्पादक कम्पनीले आयोजनास्थलमै आएर २५० मिटर लामो मेसिन जडान गरेको हो ।

सुरुङ निर्माणलगत्तै ‘फिनिसिङ’ को काममा शुरु गर्ने आयोजनाको तयारी छ । आयोजना प्रमुख बरालले सुरुङभित्र सरसफाइ गर्नुका साथै विद्युतगृह ९पावरहाउस० र बाँध ९ड्याम० निर्माणको काम शुरु गरिने बताउनुभयो । सिँचाइ विभागले यसको प्रक्रिया अघि बढाइसकेको छ । सन् २०२० मार्चभित्र सुरुङको काम सम्पन्न गर्ने लक्ष्य थियो । आयोजनाका अनुसार हात्तीखालदेखि छ किलोमिटर दूरीमा पर्ने तोलीखोलाको ‘रिक्सजोन’ सहजै पार भएकाले लक्ष्यभन्दा एक वर्षअगावै सुरुङ निर्माणको काम सम्पन्न हुन लागेको हो । विसं २०७३ कात्तिक अन्तिम सातादेखि टिबिएमले सुरुङ खन्न थालेको थियो ।

भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । सुरुङ निर्माणकार्यमा करीब ७०० नेपाली र ८० चिनियाँ कामदार चौबिसै घण्टा खटिएका छन् । सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युत्गृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न रु ३३ अर्ब १९ करोड खर्च हुनेछ । सुरुङका लागि हालसम्म रु सात अर्ब खर्च भएको छ । गुरुयोजनामा सन् २०२० भित्रमा आयोजना निर्माण सम्पन्न भएर सञ्चालनमा ल्याउन सकिने उल्लेख छ ।

भेरीको पानी बबई नदीमा खसाल्न चिप्लेमा छ गेजसहितको ब्यारेज निर्माण गरिनेछ । ११४ मिटर लामो ब्यारेज १४ मिटर अग्लो हुने बताइएको छ । मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमूना आयोजना भनिएको हो । बाह्रै महीना सिँचाइ उपलब्ध भएपछि कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक रु तीन अर्ब र विद्युत्बाट रु चार अर्ब प्रत्यक्ष आम्दानी हुने सरकारको अनुमान छ ।
रासस