चन्द्रौटामा चोरीका घटना बढेपछि व्यापार संघद्वारा प्रहरीको ध्यानाकर्षण

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।
पछिल्लो समय कपिलवस्तुको चन्द्रौटाक्षेत्रमा चोरीका घटना बढ्न थालेपछि व्यापार संघ कपिलवस्तुले प्रहरीको ध्यानाकर्षण गराएको छ ।
व्यापार संघका जिल्ला अध्यक्ष महादेव पोखरेल नेतृत्वको टोली वडा प्रहरी कार्यालय पुगी ध्यानाकर्षण पत्र बझाएको हो ।

केही दिनयता प्रेम प्रकाश पौडलको लु ३० प १३३९ नम्बरको कालो रंगको होन्डा साइन मोटरसाइकल चोरी भयो । तर हालसम्म फेला परेको छैन । यस्तै चन्द्रौटा बजारस्थित खत्री टेर्डस र बेल्वासे किराना पसलमा चोरी भयो ।

यसरी दिनानुदिन चोरीका घटना बढ्दै गएको छ । तर चोरका गिरोह अझैसम्म पत्ता लाग्न नसकेपछि यसतर्फ प्रहरीले अझ सम्बेदनशील हुनुपर्ने माग गर्दै ध्यानाकर्षण गराएको व्यापार संघका अध्यक्ष पोखरेलले बताए । ज्ञापन पत्रमार्फत तुरुन्त दोषी पत्ता लगाई कारवाही गर्नुपर्ने माग गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै चोरी कार्यमा संलग्न जो कोही भएपनि छिट्टै कानुनको दायरामा ल्याई कारवाही गर्ने वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी नायब निरीक्षक शेर बहादुर थापाले प्रतिबद्धता जाहेर गरेका छन् ।