४० हजारसहित ६ जुवाडे पक्राउ

0
Shares

भक्तपुर ।
भक्तपुरबाट जुवातास खेल्ने ६ जना पक्राउ परेका छन् । तीन बुक तास र ४० हजार नगदसहित उनीहरु पक्राउ परेका हुन् । सूर्यविनायक नगरपालिका ८ भातेढिकुरस्थित न्यूसनराईज होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा २९ वर्षीय अन्जन भुजेल लगायतका रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरुबाट नगद ४० हजार ४ सय ३० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।