चोरीको मोटरसाइकलसहित चार जना पक्राउ

0
Shares

मेलम्ची ।
जुगल गाउँपालिका–५ ढाडेस्थित प्रहरीचौकी तेम्वाथानबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुराकीका आधारमा चोरीको मोटरसाइकलसहित चारलाई शुक्रबार नियन्त्रणमा लिएको छ ।

काठमाडौँबाट कालो रङ्गको केटिएम डुक मोटरसाइकलको नम्बरप्लेट परिवर्तन गरी चोरी गरी ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुगल गाउँपालिका–४ का ३९ वर्षीय अमर सापकोटा, दोलखा सिङ्गटीका २१ वर्षीय सुजन गुरूङ, दोलखाकै नामदु गाउँपालिकाका २० वर्षीय विनोद गहतराज र सोही जिल्लाको भिमेश्वर नगरपालिका–१ का १९ वर्षीय विशाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेलाई नियन्त्रणमा लिई सोधपुछको गर्ने क्रममा उक्त मोटरसाइकल काठमाडौँको पशुपति क्षेत्रको पार्किङस्थलबाट चोरी गरी ल्याइएको खुलेको हो । बा९२प ९६९ नंको २०० सिसीको मोटरसाइकको नम्बरप्लेट परिवर्तन गरी बा९८प ५३२५ नं बनाई ल्याएको अवस्थामा निजहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेको मोटरसाइकलसहित चारैलाई महानगरीय प्रहरी वृत्त गौशाला काठमाडाँैमा शनिबार थप अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ ।
रासस